सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कोरोना संक्रमित धादिङका युवा पनि निको भए

युएईबाट आएका धादिङका कोरोना संक्रमित युवक २८ दिनपछि निको भएका छन् । उनी कोरोनाबाट निको हुने छैठौँ व्यक्ति हुन् । टेकु अस्तपालका प्रवक्ता अनुप वास्तोलाले युवकलाई आजै डिस्चार्ज गर्ने तयारी भइरहेको बताएका छन् । उपचाररत युवा कोरोना भाइरसमुक्त भएपछि डिस्चार्ज गर्ने तयारी भइरहेको उनले बताए ।

प्रयोगशाला परीक्षणका क्रममा कोरोना संक्रमण नदेखिएकाले आज वा भोलिसम्ममा ती युवालाई डिस्चार्ज गर्ने तयारी गरेको प्रवक्ता वास्तोलाले बताएका हुन् । धादिङको स्थानीय तहसँगको समन्वयपछि उनलाई डिस्चार्ज गर्ने उनको भनाइ छ ।

ती युवा चैत ६ गते युएईको सारजाहबाट एयर अरेबियाको उडानबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै स्वदेश आएका थिए । उनी ६ गते नेपाल आएपनि १० गते अस्पताल पुगेका थिए भने १२ मात्रै कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएको पुष्टि भएको थियो ।

Corona Infected

यसरी नेपालमा कोरोना संक्रमित निको भएर घर जानेको संख्या ६ जना पुगेको छ । टेकु अस्पतालबाट कोरोना संक्रमित यस अघि दुई जना निको भएर घर फर्किसकेका छन् । नेपालमा हालसम्म ४३ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्