सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

उदयपुरकी महिलामा देखियो कोरोना, संक्रमित संख्या ४३ पुग्यो

उदयपुरको भुल्केमा थप एक जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ५५ वर्षीया महिलामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. मोहन सुवेदीले जानकारी दिएका छन् ।

उनले संक्रमित महिलालाई विराटनगरको कोरोना अस्पताल पठाउने तयारी भइरहेको बताएका छन् । यसअघि उनका श्रीमानलाई पनि संक्रमण देखिएको थियो । श्रीमान पनि विराटनगरकै कोरोना अस्पतालमा उपचाररत छन् ।

Coronavirus Test

यो सँगै उदयपुरमा कोरोना संक्रमितको संख्या २५ पुगेको छ । उनीहरू सबै भुल्केका हुन् । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या ४३ पुगेको छ । संक्रमित मध्ये ६ जना निको भइसकेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्