नेपालमा थपिए ३ जना संक्रमित, संख्या ४५ पुग्यो
उदयपुरको भुल्केमा थप ३ जनामा कोरोना संक्रमण देखिएपछी नेपालमा कोरोना संक्रमित हुनेको संख्या नेपालमा ४५ पुगेको छ । स्वास्थ्य मन्त्रलायले बताए अनुसार धरानमा गरिएको कोरोना परिक्षणमा आज थप ३ जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार २४, ६० र ७२ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ । यसअघि उदयपुरकै एक ५५ बर्षिया महिलालाई कोरोना देखिएको बताइए पनि मन्त्रालयले सो बारेमा केही विवरण खुलाएको छैन ।
यो सँगै उदयपुरमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ । उनीहरू सबै भुल्केका हुन् । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । संक्रमित मध्ये ७ जना निको भइसकेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्