जापानमा महाभुकम्प र सुनामी आउन सक्ने चेतावनी
भुकम्प तथा सुनामी सम्बन्धि अध्ययन गर्न गठित जापान सरकारको एक प्यानलले जापानमा महाभूकम्प र ठूलो सुनामी आउन सक्ने चेतावनी दिएको छ । महाभुकम्प र सुनामी कहिले आउँछ भन्ने नखुले पनि सम्भावित जोखिको सामना गर्न तयार रहन सो प्यानलले सरकारलाई अपिल गरेको छ ।
सो प्यानलले गरेको अनुमानमा अब आउने सुनामी ३० मिटर अर्थात् ९८ फिटसम्मको हुने र यसले देशमा मानवीय र भौतिक क्षति र्पुयाउन सक्ने भन्दै सबैलाई सचेत रहन अपील गरेको छ ।
भूकम्प, सुनामीसम्बन्धी अध्ययन–अनुसन्धान गरिरहेको टोलीको प्रारम्भिक अनुमानअनुसार सुनामी र भूकम्पले र्पुयाउन सक्ने क्षतिलाई ध्यानमा राखी समुद्र आसपासका सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्नुपर्ने भन्दै सबैलाई सचेत तुल्याइएको छ ।
साथै, सो प्यानलले अब आउने सुनामीले जापानको फुकुशिमा न्यूक्लियर स्टेसनमा ठूलो क्षति र्पुयाउने चेतावनी पनि दिएको छ । सन् २०११ मा आएको भूकम्प र सुनामीले सोही स्टेसन नराम्ररी प्रभावित बनेको थियो ।
यसैबीच, जापान सरकारले यो चेतावनीलाई ध्यानमा राख्दै मानवीय र भौतिक क्षति कम गर्न उच्च सतर्कता अपनाएको छ भने सर्वसाधारणलाई पनि सुरक्षित स्थानतर्फ सर्न भनिएको छ । (एजेन्सी)
फेसबुकबाट कमेन्ट गर्नुहोस्