सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भोजपुरमा पनि २६ बर्षिय पुरुषमा देखियो कोरोना

भोजपुरमा पनि कोराना भाइरस (कोभिड–१९) का एक संक्रमित भेटिएका छन् । हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको प्रदेश १ सरकार स्रोतले बताएको छ ।

उनको थ्रोट स्बावको परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । संक्रमित व्यक्ति विदेशबाट आएको भनिए पनि थप विवरण आइसकेको छैन ।

यससँगै कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । उनीहरूमध्ये १० जना उपचार गरेर घर फर्किसकेका छन् । बिहीबारमात्र स्वास्थ्य मन्त्रालयले उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको जानकारी दिएको थियो ।

Coronavirus test

स्वास्थ्य मन्त्रालयका अनुसार नौ हजार एक सय ११ जना पीसीआर र ३४ हजार पाँच सय दुई जनाको र्यापिड टेस्ट भएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३ हजार ५ सय ९२, प्रदेश २ मा ४ हजार ५ सय २९, बागमती प्रदेशमा ६ हजार १ सय ५५ र गण्डकी प्रदेशमा ४ हजार ५ सय ५५ जनामा कोरोना परीक्षण गरिएको छ ।

यसैगरी प्रदेश ५ मा २ हजार ७ सय ५६, कर्णाली प्रदेशमा ४ हजार ७ सय ३५ र सुदूरपश्चिम प्रदेशमा ८ हजार २ सय १ जनाको टेस्ट गरिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्