सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

बिपक्षिले भन्दा आफ्नैले बिरोध गरेपछी के गर्नु !

प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीले भन्दा आफ्नै पार्टीभित्रकाहरूले धेरै विरोध गरेपछि सरकारले ल्याएका दुई अध्यादेश फिर्ता लिनुपरेको बताएका छन् । शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सोमबार जारी भएका राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्ने निर्णय गरेको थियो ।

सोही बैठकमा प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रक्रियाअनुसार अघि बढ्नुस् भने पनि आफ्नै पार्टीभित्रकाले बढी विरोध गरेको बताएको एक मन्त्रीले जानकारी दिए ।

‘मैले देउवाजीसँग पनि कुरा गरेको थिएँ, उहाँले तपाईंकै पार्टीका नेताहरूले विरोध गरेपछि मैले केही नबोली बस्न मिलेन भन्नुभयो,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै ती मन्त्रीले भने, ‘सरकारले काम गर्छ तर तपाईंकै पार्टीबाट विरोध भएर फिर्ता लिनुपर्छ भनिसकेपछि मेरो भन्नु त केही छैन तपाईंले आफ्नो प्रक्रिया अगाडि बढाउन सक्नुहुन्छ ।’

KP Sharma Oli

विपक्षी दलको नेताले यस्तो भने पनि आफ्नै पार्टीका नेताहरूले भैंसेपाटी खुमलटारमा भेला गर्दै विरोध गरेको प्रधानमन्त्रीको गुनासो थियो । ‘तर हाम्रा पार्टीका शीर्ष नेताहरूले भैंसेपाटी, खुमालटारमा बैठक बसेर अनेक गर्नुभयो,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै ती मन्त्रीले भने ।

प्रधानमन्त्री ओलीले कानुन संविधानअनुसार राष्ट्रको निम्ति राम्रो होस् भनेरै अध्यादेश ल्याएको भए पनि सत्तापक्षकै नेताहरूले फिर्ता लिने भनेपछि हाललाई पछि हट्नु परेको पनि जिकिर गरेका थिए ।

यसैबीच प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दलका नेता देउवाबीच शुक्रबार दिउँसो बालुवाटार भेटवार्ता भएको छ । दुई अध्यादेश फिर्ता लिने निर्णय गरेपछि प्रधानमन्त्री ओलीले देउवालाई छलफलका लागि बालुवाटार बोलाएका हुन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS