रहेनन् चर्चित बलिउड अभिनेता इरफान खान
बलिउड अभिनेता इरफान खानको निधन भएको छ । ५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो । उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए ।
खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो । उनको निधनको समाचार निर्देशक सुजित सरकारले ट्वीटबाट दिएका हुन् । जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमाबाट आएका थिए ।

उनको अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो । गत शनिबार उनकी आमाको निधन भएको थियो । खानले सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, हिन्दी मिडियम जस्ता चर्चित सिनेमामा अभिनय गरेका थिए ।
बलिउड मात्र होइन खानले स्लमडग मिलिनियर्स, जुरासिक वर्ल्ड, द अमेजिङ स्पाइडर म्यान र लाइफ अफ पाईजस्ता अन्तराष्ट्रिय ब्लकबस्टर सिनेमामा काम गरेका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्