सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एकैदिन ४ संक्रमित भेटिए, ५८ पुगे संक्रमित

यसअघि ५४ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले जानकारी दिएका छन् ।

उनका अनुसार समुदायमा संक्रमण बढेको छैन । ती चारैजना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् । उनका अनुसार संक्रमित मध्ये एकजना अस्पताल र अर्का तीनजना क्वारेन्टाइनमा रहेका छन् । संक्रमित पुरुष ३१, ४३, ४६ र ५० वर्षका रहेका छन् ।

Coronavirus Test

आज थप चारजनामा सङ्क्रमण देखिएपछि संक्रमितको सङ्ख्या ५८ पुगेको छ भने पूर्ण रुपमा स्वस्थ भएर १६ जना घर फकिएका छन् । अहिले ३९ जना संक्रमित अस्पतालको आइसोलेशनमा छन् ।

आज पुष्टि भएका संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी हुँदैछ । रौतहटका दुईजना संक्रमितको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । संक्रमितको नजिक रहेकाहरुको सम्पर्क ट्रेसिङसमेत भइरहेको जनाइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्