सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

उत्तर कोरियाको आगामी शासक किमकी बहिनी

उत्तर कोरियामा नेता किम जोङ उनको शासनपछि उनको परिवारबाटै अर्को सदस्य किमकी बहिनीलाई अघि सारिएको छ । पार्टीमा वरियताक्रम अनुसार बहिनी किम यो जो जोङ माथिल्लो तहमा भएकाले पनि उनलाई सम्भावित उत्तराधिकारीको रुपमा अघि सारिएको हो ।

३० वर्षीया यो दाजु किमसँगै डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपतिसँगको वार्तामा पनि उपस्थित थिइन् । जहाँ उनले आफ्ना दाईको तर्फबाट दक्षिण कोरियाली राष्ट्रपति मून जाए इनको निमन्त्रणामा व्यक्तिगत सन्देश दिएकी थिइन् ।

यससँगै पुरुससत्ताले जकडिएको समाजमा उनी सम्भवतः सबैभन्दा शक्तिशाली महिलाको रुपमा उदाउने सम्भावना रहेको भनी दक्षिण कोरियाली मिडियाले लेखेका छन् । जब कि, उत्तर कोरियामा शासन हस्तान्तरणको जिम्मेवार रक्त नातालाई नै मानिदै आएको छ ।

Kim yo jong

किमकी बहिनीबारे केही टिप्पणी भने यस्ता पनि छन् कि, यहाँ महिलाको शासन खासै रुचाइँदैन । जसले गर्दा किमकी बहिनी योको शासन सिमित हुनसक्ने केही विज्ञको टिप्पणी छ ।

उत्तर कोरियाको शासन एकै परिवारको तेस्रो पुस्तामा चलिरहेको छ । राजसंस्थाकै शैलीमा किमका हजुरबाले नेतृत्व गरेको शासन किमका बाबु हुँदै किमले २०११ मा सम्हालेका हुन् ।

Kim yo jong

दोस्रो विश्वयुद्धपछि नै किमका हजुरबाले स्वतन्त्रता लडाइँको नेतृत्व गर्दै देशको सर्वोच्च नेता बनेका थिए । हाल किमले उत्तराधिकारी घोषणा नगरेका बेला, उनको स्वास्थ्य बारे अनेक टिप्पणी भइरहँदा पार्टीमा हैसियतका आधारमा शासनसत्ता सम्हाल्ने आगामी शासकको रुपमा उनकी बहिनीबारे समाचार आउन थालेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्