सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रचण्ड र चिनियाँ राजदुतबिच खुमलटारमा भेटघाट

नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेकी छन् । प्रचण्ड निवास खुमलटारमा शुक्रबार बिहान उनीहरूबीच भएको भेटमा कोरोना भाइरस रोकथामका लागि भइरहेको प्रयासबारे कुराकानी भएको प्रचण्ड निकट स्रोतले बताएको छ ।

भेटमा प्रचण्डले चीनले गरेको सहयोगको धन्यवाद भन्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको स्रोतले बतायो । ‘चिनियाँ राजदूत यान्छीले पनि नेपाललाई गर्ने सहयोगमा निरन्तरता दिने प्रतिवद्धता जनाएकी थिइन्’, स्रोतले भन्यो, ‘प्रचण्ड र राजदूतबीच झण्डै २० मिनेट कुराकानी भएको थियो ।’

Prachanda with hau yanchhi

चीनबाट नेपाली सेनाले जिटुजी प्रक्रियाबाट ३ सय ४१ टन औषधि ल्याउने सम्झौतामा हस्ताक्षर गरिसकेको छ भने चीनका विभिन्न सामाजिक संस्था र व्यापारिक घरानाले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गर्दै आएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्