सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कोरोना बनाएको खुलासा गर्नुपुर्व प्राध्यापकको हत्या

कोरोना भाइरसमाथि रिसर्च गरिरहेका चिनियाँ मूलका शोधकर्ताको अमेरिकामा भएको हत्यालाई लिएर पूरै विश्वमा ‘षड्यन्त्रको कथा’ हरु रचिँदैछ । ३७ वर्षीय बिंग ली शनिबार आफ्नो घरमा मृत फेला परेका थिए । उनी युनिभर्सिटी अफ पिट्सबर्गको स्कूल अफ मेडिसिन विभागमा असिस्टेन्ट प्रोफेसर थिए ।

उनीसँग काम गरिरहेका सहकर्मीका अनुसार कोभिड–१९ बारे ‘महत्त्वपूर्ण खोज’ को नजिक थिए । त्यही बेला अनलाइन मिडियामा उनको हत्याबारे समाचार प्रकाशित भएको थियो । प्रहरीका अनुसार यसमा दुईजनाको मृत्यु भएको छ । एक जनाको हत्या भएको छ अर्काले आत्महत्या गरेका छन् ।

स्थानीय प्रहरीका अनुसार बिंगको टाउको, शरीर र हात–खुट्टा तथा घाँटीमा गोली लागेको थियो । गोली प्रहार गर्ने व्यक्ति ४६ वर्षीय सफ्टवेयर इन्जिनियर हाउ गु रहेको बताइएको छ । प्रहरी अधिकारीका अनुसार बिंगको हत्यापछि उनले आत्महत्या गरेका थिए ।

Bing Lee Chinese Professor

बिंग ली र हाउ गु एक अर्कालाई चिन्दथे । जाँचमा पहिले हत्या र त्यसपछि आत्महत्याको मामिला भएको खुलेको छ । घटनाअघि दुईबीच आफ्नो ‘अन्तरंग साथी’ को विषयमा लामो बहस भएको थियो ।

अनुसन्धानकर्ताहरुले उनको हत्या र कोरोनाबारे उनको अध्ययनबीच कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् । लीले सिंगापुरबाट स्नातक र पीएचडीको डिग्री हासिल गरेका थिए । त्यसपछि उनी अनुसन्धानका लागि अमेरिका पुगेका थिए ।

उनको मृत्युपछि चीनको समाजिक सञ्जाल वेबोमा हत्याबारे विभिन्न आशंका व्यक्त गरिएको छ । एक प्रयोगकर्ताले प्रश्न गरेका छन्, ‘हे भगवान, यस्तो लाग्छ यो मिसन इम्पोसिबल (चलचित्र) को कहानी जस्तै छ । शायद उनी भाइरस अमेरिकाको ल्याबमा तयार भएको नतिजा नजिक पुगेका थिए होलान् ।’

चीनको सरकारी मिडिया ग्लोबल टाइम्समा पनि यस मृत्युप्रकरणबारे कयौँ प्रश्न उठाइएको छ । यसअघि चिनियाँ अधिकारी र सरकारी सञ्चारमाध्यमले अमेरिकी सेनाले कोरोना भाइरस वुहानमा ल्याएर छाडेको आरोप लगाएका थिए ।

साथै धेरैले अमेरिकामा चिनियाँ नागरिकको सुरक्षाको विषयमा प्रश्न उठाएका छन् भने केहीले यो विषय निकै रहस्यमयी भएको बताएका छन् । जाँचकर्ताहरुले भने अहिलेसम्म बिङ लीको हत्याको सम्बन्ध कोभिड–१९ को अध्ययनसँग जोडिएको कुनै प्रमाण फेला नपरेको बताएका छन् ।

स्रोतः बीबीसी

फेसबुकबाट कमेन्ट गर्नुहोस्