सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा सगुन लगानीकर्ताको भर्चुअल छलफल

“Sagoon” डिजिटल दुनियाँमा संघर्षको मैदानमा उत्रिएको एउटा सामाजिक सञ्जाल (Social Application) हो । सोसियल एप्लिकेसनको भिडभाडमा एउटा नयाँ योजना र अस्तित्वकासाथ उदायको Sagoon ले छोटो समयमा उल्लेख्य प्रगति गरेको छ ।

पछिल्लो समय सगुनले आफ्नो बजार प्रबद्र्धन तथा पुँजी बृद्धीलाई आक्रामक रुपमा अगाडी बढाएको छ । प्रयोगकर्तालाई नयाँ फिचर्स र आम्दानीको अवसरसमेत उपलब्ध गराएको सगुनले यतिबेला विश्वभर आफ्नो Mini-IPO खुला गरेको छ ।

यही सेरोफेरोमा जापानबाट Sagoon मा लगानी गर्ने लगानीकर्ताहरुको समुहले आइतबार भर्चुअल छलफल (webnar) गर्ने भएका छन् । जापानमा Sagoonको बजार र लगानीको नयाँ सम्भावना लगायतका बिषयमा छलफल गर्न भर्चुअल छलफल (webnar) गर्न लागिएको Sagoon लगानीकर्ताहरुले बताएका छन् ।

छलफल मे २४ तारिख आईतबारका दिन साँझ ९ बजेबाट सुरु हुने बताइएको छ । भर्चुअल छलफल (webnar)मा लगानीकर्ता मात्रै नभएर सगुनसम्बन्धि जान्ने इच्छा भएका जोकोही पनि सहभागी हुन पाउनेछन् । छलफलमा सहभागी हुन ZOOM एप्लिकेसन डाउनलोड गरी ZOOM ID 9654414 9798 प्रयोग गर्नुपर्नेछ । छलफलमा अटोमेटिक सहभागी हुन यहाँ क्लिक गर्नुहोस्

भर्चुअल छलफलमा जापानबाट Sagoon को Mini-IPO मा लगानी कसरी गर्ने भन्ने थाहा नभएकालाई सो बिषयमा जानकारी दिइनेछ भने नयाँ लगानी कर्तालाई कसरी लगानीका लागी प्रेरित गर्ने भन्ने बिषयमा छलफल हुनेछ । लगानी गर्न इच्छा भएर पनि भुक्तानी गर्न नजान्दा लगानी गर्न नसकेकाहरुलाई भुक्तानि गर्न सहयोग गर्ने पनि छलफलको बिषयबस्तु रहेको बताइएको छ ।

मार्च २ तारिखबाट खुला गरिएको सगुनको यो मिनि आइपिओ १२० दिनका लागी खुला गरिएको छ । यो अबधीमा संसारभर रहेका जोकसैले पनि मिनि आइपिओमार्फत सगुनमा लगानी गर्न सक्नेछन् । सगुनले उपलब्ध गराएको जानकारी अनुसार १० मिलियन पुँजी पुर्याउन अहिलेको मिनि आइपिओ खुला गरिएको हो ।

लक्षित पुँजी पुरा भएमा तोकिएको मितिभन्दा अगाडी जुनसुकै बेला पनि आइपिओ बन्द गर्न सकिने बताइएको छ । सगुनको मिनि आइपिओमा लगानी गर्न चाहनेले न्युनतम ३० कित्ता शेयर लगानी गर्नसक्नेछन् । एक कित्ता बराबर ३० अमेरिकी डलर मुल्य निर्धारण गरिएको मिनि आईपिओमा अधिकतम लगानीको दायरा असिमित राखिएको छ । न्युनतम ३० कित्ता सेयर लिनले ९ सय अमेरिकी डलर लगानी गर्नुपर्नेहुन्छ ।

खासगरी अहिले मिनि आइपिओ लगानी गर्न चाहानेहरुका लागी लगानी कसरी गर्ने भन्ने बिषयमा अन्यौलता रहेको पाइएको छ । सगुनले उपलब्ध गराएको सुचना अनुसार सगुनको मिनि आइपिओमा लगानी गर्ने बिभिन्न ६ ओटा माध्यम छन् । तर तपाई बसेको देशको आधारमा कुन सुबिधा उपलब्ध छ त्यसको आधारमा कुन माध्यमबाट लगानी गर्ने भन्ने कुरा निर्धारण हुनेछ ।

सगुनमा लगानी गर्ने सम्पुर्ण प्रक्रियाबारे जान्न तलको लिंक खोलेर पढनुहोस् ।
सगुनको अन्तराष्ट्रिय सेयरमा लगानी गर्ने तरिका

सोसियल मिडिया र अनलाईन व्यवसायको अवधारणालाई संगै लिएर अगाडी बढेको सगुनको संस्थापक सिईओ नेपालका गोविन्द गिरी रहेका छन् । सामाजिक सञ्जाललाई केबल मनोरञ्जनका लागी मात्रै भन्दा पनि प्रयोगकर्तालाई आम्दानी गर्ने सुविधा पनि सगुनले उपलब्ध गराएको छ ।

सगुनले अहिले प्रयोगकर्ताका लागी नयाँ योजना पनि सार्बजनिक गरेको छ । रेफर टु फ्रेन्ड योजनाबाट सगुन प्रयोगकर्तालाई साथीलाई सगुन प्रयोग गर्न रेफर गरी ५ सय कोइन आम्दानी गर्न सक्नेछन् । जति धेरै साथीलाई रेफर गर्दै गयो त्यति आम्दानी बढ्दै जानेछ ।

सगुनका प्रयोगकर्ताले आफ्नो एकाउन्टमा स्ट्याटस, फोटो र भिडियो पोष्ट गर्न सक्नेछन् र पोष्टमा आएको लाईक, भ्युज र सेयरका आधारमा फ्री स्मार्ट कोईन कमाउने सक्नेछन् । जुन कोइनले प्रयोगकर्ताले सगुनले साझेदार (पार्टनर) सपिङ्ग सेन्टरमा गएर किनमेल गर्न पाउनेछन् ।

Sagoon

सगुनले दिएको जानकारी अनुसार सगुनबाट कमाएको फ्रि स्मार्ट क्वाइनले रिचार्ज कार्ड, फिल्म टिकेट, नेपालमा भाटभटेनी लगायतमा सपिङ गर्न पाइनेछ । अर्थात सगुनमा कमाएको स्मार्ट क्वाइनमार्फत सगुनका साझेदार व्यापारिक संस्थामा किनमेल गर्न मिल्नेछ ।

सगुनको संस्थापक टिमको रुपमा नेपाल, भारत र अमेरिकी लगायत अन्य देशका नागरिक संलग्न छन् । सगुनको वेभसाईटमा उपलब्ध जानकारी अनुसार हालसम्म सगुनका करिब ५४ लाख प्रयोगकर्ता रहेका छन् । विश्वका १४५ ओटा देशमा सगुन चलाउने गरेको पाइएको छ । हालसम्म सगुनमा विश्वभरबाट ४ हजार जना लगानीकर्ताका रुपमा रहेका छन् ।

सगुन (www.sagoon.com) अमेरिकामादर्ता भएको सोसियल कमर्श साइट हो जसमा सोसियल मिडिया र इकमर्श दुवैको सुविधा एउटै प्लाट फर्ममा उपलब्ध हुनेछ । ‘Building a Rewarding Life through the Innovative Social Path: Connect. Share. Earn’ सगुनको ध्येय (Mission) रहेको छ ।

अमेरिकी सेक्युरिटी एक्सचेञ्ज कमिशन (US Security Exchange Commission – SEC) बाट स्विकृत प्राप्त गरी मिनिआइपीओ लगायतविभिन्न चरणमा विश्वभरीबाट सर्वसाधारणहरुबाट लगानीको अवसर खुल्ला गरेको थियो । हाल सगुनले मिनि आईपिओमार्फत लगानीको अवसर खुल्ला गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्