सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पाकिस्तानमा १०७ जना बोकेको विमान दुर्घटना

पाकिस्तानको कराची नजिकै रहेको एउटा आवासीय क्षेत्रमा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको छ । जिन्नाह अन्तराष्ट्रिय विमानस्थलनजिकै रहेको मोडेल कोलोनीमा ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य रहेको विमान दुर्घटनामा परेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

पीआईएका प्रवक्ता अब्दुल्लाह फीजका अनुसार उक्त विमान लाहोरबाट कराची आउँदै थियो । उनले दुर्घटनाबाट के कति क्षति भयो भन्नेबारेमा जानकारी आइनसकेको बताएका छन् ।

तर पाकिस्तानी सेनाका प्रमुख जनरल कमार जावेद बाज्वाले भने ‘महत्वपूर्ण जीवनहरु गुमेको’ भन्दै समवेदना दिएका छन् । उक्त विमान लाहोरबाट कराँचीका लागि आएको थियो । कोरोनाभाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि भर्खरै सञ्चालनमा आएको थियो ।

Pakistan Plance Crash

अहिले घटनास्थलमा उद्धारकर्ता पुगेका छन् । उद्धारकर्ताहरुले स्थानीयलाई सुरक्षित स्थानतर्फ ल्याइरहेको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ । त्यहाँको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कराँचीका सबै अस्पतालहरुमा इमरजेन्सी घोषणा गरेको छ ।

सो विमान दुर्घटनामा परेपछि धुँवाको मुस्लो देखिएको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा राखिएका छन् । “कराचीमा विमान दुर्घटनामा परेको छ। हामी यात्रु सङ्ख्य पुष्टि गर्ने प्रयास गर्दैछौँ तर प्रारम्भिक जानकारी अनुसार विमानमा ९९ जना यात्रु र आठ जना चालक दलका सदस्य रहेका थिए,“ वायुसेवाका प्रवक्ता अब्दुल सत्तारले बताएका छन् ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार राष्ट्रिय ध्वजावाहक पीआईएको विमान अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । ए–३२० मोडेलको सो विमान मानवबस्तीमा भएको र घरहरूमा क्षति भएको बताइएपनि जनधनको क्षतिको बारेमा बताएको छैन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्