सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सगुनमा दोस्रो पटक सेयर लगानी गर्ने मौका

सामाजिक सञ्जालको दुनियाँमा छुट्टै बिशेषताका साथ आएको नेपालीहरुद्वारा स्थापित सामाजिक सञ्जाल सगुन (www.sagoon.com) ले पुँजी बृद्धीका लागी लगानी बढाउन २०२० को जुन १ देखि दोस्रो चरणको सेयर (मिनि आइपिओ) निस्कासन गरेको छ ।

सगुनले जुन १ मा जारी गरेको प्रेस विज्ञप्ती अनुसार यो चरणमा ‘ग’ श्रेणीको साधारण सेयर प्रतिकित्ता ३० डलरका दरले ३ लाख कित्ता सर्बसाधारणलाई विक्री गर्ने जनाएको छ ।

सगुनको सेयर किन्न इच्छुक विश्वभरका सर्बसाधारणले कम्तिमा ३० कित्ता सेयर (९ सय अमेरिकी डलरको) खरिद गर्न सक्नेछन् । सगुनका अनुसार उक्त सेयर सीमित समयका लागि सुरुमा जसले आवेदन गर्छ उसले किन्न पाउने गरी निश्कासन गरेको हो ।

विज्ञप्तीका अनुसार, यस चरणको मिनी आइपीओ मार्फत शेयर निस्कासन गर्नका लागि सगुनले पेश गरेको विवरणपत्रका आधारमा The US Securities and Exchange Commission (SEC) (https://www.sec.gov/) ले सगुनलाई मिनी आइपीओ मार्फत सर्वसाधारणका लागि शेयर निष्कासन गर्न योग्य ठहर गरी अनुमति प्रदान गरेको थियो ।

Sagoon

सगुन (Sagoon) ले सन् २०१७ मा पहिलो चरणमा रेज ए प्लस अन्तर्गत मिनी आइपिओ मार्फत प्रतिकित्ता २३ डलरका दरले शेयर निस्कासन गरेको थियो । त्यतिखेर सगुनमा विश्वभरबाट ४ हजारभन्दा बढी लगानीकर्ताले ४६ लाख डलर लगानी गरेका थिए ।

सामाजिक सञ्जालको भीडमा नयाँ सोच र योजनाको सपना बोकेर सन् २०१४ बाट सगुन सञ्चालनमा आएको थियो । सामाजिक सञ्जाल र इकमर्शको प्लेटफर्मका रुपमा सगुनलाई उभ्याई यसका प्रयोगकर्ताहरुलाई समेत आफ्नो आम्दानीको हिस्सा बाड्ने नयाँ अवधारणा सगुनले बोकिरहेको छ ।

विगत केही समय देखि परिक्षणका रुपमा सगुनले यो अवधारणालाई प्रयोगमा ल्याइरहेको छ । पहिलो चरणको मिनी आइपीओ मार्फत विश्वभरिका सर्वसाधारणहरुबाट प्राप्त आर्थिक लगानी र हौसला पश्चात सगुनले निकै फडको मारेको छ ।

विशेषगरी आफ्नो प्रोडक्टमा ध्यान केन्द्रित गरेको सगुनले हाल ‘सगुन लाइट’ एप बजारमा ल्याइसकेको छ । साथमा सगुनले भन्दै आएको ड्रिम प्रोडक्ट ‘सोसियल स्मार्ट कार्ड’को बेटा भर्सन समेत शुरु गरिसकेको छ ।

‘एन्ड्रोइड र आइओएस दुवै अपरेटिङ् सिस्टमका लागि उपलब्ध ‘सगुन लाइट’ एपमा सामाजिक सञ्जाल र इकमर्श दुबैको समायोजनको प्रारुप देख्न सकिन्छ । हाल बजारमा उपलब्ध अन्य सामाजिक सञ्जाल भन्दा फरक र प्रयोगकर्ताले मन पराउने विशेषता सहित आएको सगुनको दाबी छ ।

सगुन प्रयोगकर्ताहरुले आफ्ना रुचिका विषय र क्षेत्र छानेर त्यसैमा आफ्ना विचार बाँड्ने र सोही विचारका अन्य प्रयोगकर्ताहरुसंग जोडिन सक्छन् । यसै गरी सगुनले परिक्षणको रुपमा शुरु गरेको सोसियल स्मार्ट कार्डले प्रयोगकर्ताहरुलाई विशेष रुपमा आकर्षण गरेको छ ।

सगुनमा समय विताएका आधारमा प्रयोगकर्ताहरुले स्मार्ट क्वाइन प्राप्त गर्नेछन् जुन सगुनको एपमा सोसियल स्मार्ट कार्डमा देख्न सकिन्छ । जति धेरै सगुन एप प्रयोग गर्यो त्यति धेरै क्वाइन प्राप्त हुने र ती क्वाइनहरुलाई सगुनले तोकेका व्यवसायिक कम्पनीका वस्तु तथा सेवा खरिदमा प्रयोग गर्न सक्नेछन् ।

परिक्षणका लागि हाल नेपाल र भारतका प्रयोगकर्ताहरुले यो सुविधा प्राप्त गर्न शुरु गरिसकेका छन् । त्यसैगरी सगुनले आफ्नो साथीलाई सगुन चलाउन सिफारिस (रिफर) गरेवापत प्रतिव्यक्ति ५ सय क्वाइन कमाउने योजना पनि अगाडी सारेको छ । यस्तै खाले विशेषताहरुका कारण छोटो अवधीमै विश्वभरबाट ५६ लाखभन्दा बढि सगुन प्रयोगकर्ताहरु जोडिएका छन् ।

सगुनका संस्थापक गोविन्द गिरीका भन्छन्–‘हामी विश्वभरीका लगानीकर्ताहरुबाट पाएको सहयोग र विश्वासले उत्साहित र गौरवान्वित भएका छौं । उहाँहरुको सहयोगले सगुनलाई हामीले बालकदेखि वृद्ध अबस्थासम्मका मानिसलाई जोड्ने प्लेटफर्म बनाउन सकेका छौं ।’

गिरीले भने–‘सगुनमा प्रयोगकर्ताहरूले साथीहरूसँग सम्पर्क गर्ने मात्र हैन, सोसियल इकमर्समा समेत संहभागी हुनसक्नेछन् । यसमा खाता खोलेर विताएको समयका अधारमा आम्दानी पनि गर्न सकिन्छ ।’

सगुनले अमेरिकी सेयर बजारमा लगानी प्रक्रियाको सहजिकरण र नियमनका लागि फण्ड अमेरिका र प्राइम ट्रस्टसँग साझेदारी गरेको छ । सगुन (Sagoon) ले अहिलेको सार्वजनिक निस्कासनमा सर्वसाधारण र संस्थागत लगानीकर्ताहरूबाट लगानी स्वीकार गर्नेछ । यस पटकको निस्कासन सीमित समयको लागि मात्र खुला रहनेछ ।

यस पटक सर्ब साधारणले गरेको लगानीबाट जम्मा भएको रकमले प्रयोगकर्ताको आधार वृद्धि गर्न, प्लेटफर्म विस्तार गर्न र सगुन (Sagoon) का नयाँ एप, सुविधा र विशेषताहरू थप गर्न खर्च गर्ने कम्पनीले जनाएको छ ।

सगुन (Sagoon) को सेयर खरिद गर्न इच्छुक ब्यक्तिले https://www.sagoon.com/invest मा गएर वा सगुन एपमा रहेको मिनि आइपिओ (Sagoon Mini-IPO) ट्याब छानेर लगानी आवेदन भर्न सक्नेछन् ।

सगुनले जारी गरेको प्रेस विज्ञप्ती तल पढनुहोस् ।

Sagoon Press Release

फेसबुकबाट कमेन्ट गर्नुहोस्