सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

सगुनमा दोस्रो पटक सेयर लगानी गर्ने मौका

सामाजिक सञ्जालको दुनियाँमा छुट्टै बिशेषताका साथ आएको नेपालीहरुद्वारा स्थापित सामाजिक सञ्जाल सगुन (www.sagoon.com) ले पुँजी बृद्धीका लागी लगानी बढाउन २०२० को जुन १ देखि दोस्रो चरणको सेयर (मिनि आइपिओ) निस्कासन गरेको छ ।

सगुनले जुन १ मा जारी गरेको प्रेस विज्ञप्ती अनुसार यो चरणमा ‘ग’ श्रेणीको साधारण सेयर प्रतिकित्ता ३० डलरका दरले ३ लाख कित्ता सर्बसाधारणलाई विक्री गर्ने जनाएको छ ।

सगुनको सेयर किन्न इच्छुक विश्वभरका सर्बसाधारणले कम्तिमा ३० कित्ता सेयर (९ सय अमेरिकी डलरको) खरिद गर्न सक्नेछन् । सगुनका अनुसार उक्त सेयर सीमित समयका लागि सुरुमा जसले आवेदन गर्छ उसले किन्न पाउने गरी निश्कासन गरेको हो ।

विज्ञप्तीका अनुसार, यस चरणको मिनी आइपीओ मार्फत शेयर निस्कासन गर्नका लागि सगुनले पेश गरेको विवरणपत्रका आधारमा The US Securities and Exchange Commission (SEC) (https://www.sec.gov/) ले सगुनलाई मिनी आइपीओ मार्फत सर्वसाधारणका लागि शेयर निष्कासन गर्न योग्य ठहर गरी अनुमति प्रदान गरेको थियो ।

Sagoon

सगुन (Sagoon) ले सन् २०१७ मा पहिलो चरणमा रेज ए प्लस अन्तर्गत मिनी आइपिओ मार्फत प्रतिकित्ता २३ डलरका दरले शेयर निस्कासन गरेको थियो । त्यतिखेर सगुनमा विश्वभरबाट ४ हजारभन्दा बढी लगानीकर्ताले ४६ लाख डलर लगानी गरेका थिए ।

सामाजिक सञ्जालको भीडमा नयाँ सोच र योजनाको सपना बोकेर सन् २०१४ बाट सगुन सञ्चालनमा आएको थियो । सामाजिक सञ्जाल र इकमर्शको प्लेटफर्मका रुपमा सगुनलाई उभ्याई यसका प्रयोगकर्ताहरुलाई समेत आफ्नो आम्दानीको हिस्सा बाड्ने नयाँ अवधारणा सगुनले बोकिरहेको छ ।

विगत केही समय देखि परिक्षणका रुपमा सगुनले यो अवधारणालाई प्रयोगमा ल्याइरहेको छ । पहिलो चरणको मिनी आइपीओ मार्फत विश्वभरिका सर्वसाधारणहरुबाट प्राप्त आर्थिक लगानी र हौसला पश्चात सगुनले निकै फडको मारेको छ ।

विशेषगरी आफ्नो प्रोडक्टमा ध्यान केन्द्रित गरेको सगुनले हाल ‘सगुन लाइट’ एप बजारमा ल्याइसकेको छ । साथमा सगुनले भन्दै आएको ड्रिम प्रोडक्ट ‘सोसियल स्मार्ट कार्ड’को बेटा भर्सन समेत शुरु गरिसकेको छ ।

‘एन्ड्रोइड र आइओएस दुवै अपरेटिङ् सिस्टमका लागि उपलब्ध ‘सगुन लाइट’ एपमा सामाजिक सञ्जाल र इकमर्श दुबैको समायोजनको प्रारुप देख्न सकिन्छ । हाल बजारमा उपलब्ध अन्य सामाजिक सञ्जाल भन्दा फरक र प्रयोगकर्ताले मन पराउने विशेषता सहित आएको सगुनको दाबी छ ।

सगुन प्रयोगकर्ताहरुले आफ्ना रुचिका विषय र क्षेत्र छानेर त्यसैमा आफ्ना विचार बाँड्ने र सोही विचारका अन्य प्रयोगकर्ताहरुसंग जोडिन सक्छन् । यसै गरी सगुनले परिक्षणको रुपमा शुरु गरेको सोसियल स्मार्ट कार्डले प्रयोगकर्ताहरुलाई विशेष रुपमा आकर्षण गरेको छ ।

सगुनमा समय विताएका आधारमा प्रयोगकर्ताहरुले स्मार्ट क्वाइन प्राप्त गर्नेछन् जुन सगुनको एपमा सोसियल स्मार्ट कार्डमा देख्न सकिन्छ । जति धेरै सगुन एप प्रयोग गर्यो त्यति धेरै क्वाइन प्राप्त हुने र ती क्वाइनहरुलाई सगुनले तोकेका व्यवसायिक कम्पनीका वस्तु तथा सेवा खरिदमा प्रयोग गर्न सक्नेछन् ।

परिक्षणका लागि हाल नेपाल र भारतका प्रयोगकर्ताहरुले यो सुविधा प्राप्त गर्न शुरु गरिसकेका छन् । त्यसैगरी सगुनले आफ्नो साथीलाई सगुन चलाउन सिफारिस (रिफर) गरेवापत प्रतिव्यक्ति ५ सय क्वाइन कमाउने योजना पनि अगाडी सारेको छ । यस्तै खाले विशेषताहरुका कारण छोटो अवधीमै विश्वभरबाट ५६ लाखभन्दा बढि सगुन प्रयोगकर्ताहरु जोडिएका छन् ।

सगुनका संस्थापक गोविन्द गिरीका भन्छन्–‘हामी विश्वभरीका लगानीकर्ताहरुबाट पाएको सहयोग र विश्वासले उत्साहित र गौरवान्वित भएका छौं । उहाँहरुको सहयोगले सगुनलाई हामीले बालकदेखि वृद्ध अबस्थासम्मका मानिसलाई जोड्ने प्लेटफर्म बनाउन सकेका छौं ।’

गिरीले भने–‘सगुनमा प्रयोगकर्ताहरूले साथीहरूसँग सम्पर्क गर्ने मात्र हैन, सोसियल इकमर्समा समेत संहभागी हुनसक्नेछन् । यसमा खाता खोलेर विताएको समयका अधारमा आम्दानी पनि गर्न सकिन्छ ।’

सगुनले अमेरिकी सेयर बजारमा लगानी प्रक्रियाको सहजिकरण र नियमनका लागि फण्ड अमेरिका र प्राइम ट्रस्टसँग साझेदारी गरेको छ । सगुन (Sagoon) ले अहिलेको सार्वजनिक निस्कासनमा सर्वसाधारण र संस्थागत लगानीकर्ताहरूबाट लगानी स्वीकार गर्नेछ । यस पटकको निस्कासन सीमित समयको लागि मात्र खुला रहनेछ ।

यस पटक सर्ब साधारणले गरेको लगानीबाट जम्मा भएको रकमले प्रयोगकर्ताको आधार वृद्धि गर्न, प्लेटफर्म विस्तार गर्न र सगुन (Sagoon) का नयाँ एप, सुविधा र विशेषताहरू थप गर्न खर्च गर्ने कम्पनीले जनाएको छ ।

सगुन (Sagoon) को सेयर खरिद गर्न इच्छुक ब्यक्तिले https://www.sagoon.com/invest मा गएर वा सगुन एपमा रहेको मिनि आइपिओ (Sagoon Mini-IPO) ट्याब छानेर लगानी आवेदन भर्न सक्नेछन् ।

सगुनले जारी गरेको प्रेस विज्ञप्ती तल पढनुहोस् ।

Sagoon Press Release

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS