सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बुटवलमा सलह किराले वितण्डा मच्चाउन थाल्यो

बारा, पर्सा र सर्लाही हुँदै नेपाल प्रवेश गरेको भनिएको सहल किराले रूपन्देहीमा बितण्डा मच्चाउन सुरु गरेको छ । सलहको झुण्ड शनिबार दिउँसो बुटवलको आकासमा उडिरहेको छ ।

शनिबार दिउँसो बुटवल आसपास क्षेत्रमा सलह कीरा देखिएको छ । गोलपार्क, सुख्खानगर, शिवनगर क्षेत्रमा सलह देखिएपछि स्थानीयले कीट विज्ञ र नार्कका वैज्ञानिकलाई खबर गरेका थिए ।

स्थानीयले सलह देखिएको जानकारी गराएपछि निरीक्षण गर्दा उक्त किरा सलह नै रहेको कीटविज्ञ दीपक खनालले जानकारी दिएका छन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिक नारायण खत्रीले सलह नेपालमा भित्रिएको बताउँदै यसले यो मौसममा कम आक्रमण गर्न सक्ने बताएका छन् ।

Locusts salaha kira

उनले अहिले वन क्षेत्रमा देखिएको र यसले चुनौती दिए पनि अहिले क्षति कम गर्ने बताएका हुन् । अहिले बर्षाको मौसममा कम क्षेती गरेपनी उच्च सतर्कताका साथ नियन्त्रणमा लाग्नुपर्ने उनले बताएका छन् ।

प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख यामनारायण देवकोटाका अनुसार किसानहरूबाट सलह कीरा भेटिएको र यस विषयमा अनुसन्धान जारी रहेको बताएका छन् । सुख्खानगर क्षेत्रका स्थानीयले सलह कीरा छोपेर डिव्वामा राखेपछि वैज्ञानिकलाई खबर गरेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्