सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

भ्रामक समाचारप्रति सामाजिक सञ्जाल सगुनको आपत्ति

नयाँ सोच र योजनाका साथ डिजिटल दुनियाँमा आएको सामाजिक सञ्जाल सगुनबारे केही मिडियाले भ्रामक समाचार फैलाएको भन्दै सगुनले आपत्ति जनाएको छ । केही मिडिया र सामाजिक संजालमा आएका भ्रमबारे सगुनले एक प्रेस विज्ञप्तीमार्फत सगुनको आधिकारिकता, कानुनी मान्यता र अनुमतिका बारेमा प्रस्टोक्ति दिएको छ ।

सगुनले एक विज्ञप्ती जारी गरी सामाजिक सञ्जाल सगुनलाई अमेरिकाको धितोपत्र तथा विनियम आयोगबाट शेयरसम्बन्धी कारोबार गर्न अनुमति प्राप्त भएको प्रष्ट पारेको छ । सगुनले सोही आयोगको नियमभित्र रही सगुन सञ्चालित भएको र सोही निकायले नै सगुनलाई नियमन गर्दै आइरहेको जनाएको छ ।

Sagoon

सगुनले भारतमा सन् २०१५ मै कारोबारका लागी अनुमति पाएको पनि विज्ञप्तीमा बताइएको छ । त्यसैगरी नेपालमा पनि आवश्यक दर्ता तथा कानुनी प्रकृया पूरा गरी सगुन नेपाल प्राइभेट लिमिटेड सन् २०१७ मै दर्ता गरिएको सगुनले प्रस्ट पारेको छ ।

नेपालमा पनि तीन करोड रुपैयाँमा आवश्यकता अनुसार पुँजी बढाउन सकिने गरी राष्ट्र बैँकबाट कारोबार गर्न स्वीकृत प्राप्त गरेको सगुनले विज्ञप्तीमा उल्लेख गरेको छ । सगुनले नयाँ कानुनी व्यवस्थाअनुसार अमेरिकामा एसइसीले योग्य ठह¥याएका कुनै पनि कम्पनीले आफ्नो सेयर (इक्विटी) सर्वसाधारणलाई बिक्री गरी बार्षिक पाँच करोड अमेरिकी डलरसम्मको पूँजी जम्मा गर्न सक्ने व्यवस्था रहेको उल्लेख गरेको छ ।

सगुन अमेरिकी कानुनअनुरुप अन्य ख्यातिप्राप्त कम्पनी जस्तै अमेरिकाको धितोपत्रसम्बन्धी आयोगबाट योग्य कम्पनीको रुपमा छनौट भएको र अमेरिकी सरकारको मापदण्ड पूरा गरेको आधारमा सर्वसाधारणबाट पूँजी संकलन गर्ने आधिकारिक रुपमा अनुमति प्राप्त गरेको पनि सगुनले स्पश्ट पारेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली र नेपाली मुलका विदेशी नागरिक, गैरआवासीय नेपालीको मुख्य लगानी रहेको सगुन दक्षिण एसियाली मुलुकमा नागरिकले स्थापना गरेको पहिलो अमेरिकी कम्पनी हो । सगुन विदेशमा रहेका लाखौँ नेपाली समक्ष पु¥याउन उत्साहित छ । पूँजी निर्माणमा सहभागी हुन पाउने यो विशेष अवसर विश्वभरि रहेका ती सबै नेपालीहरुमा पु¥याउन चाहन्छौं । जुन इतिहासमा कहिल्यै प्राप्त हुन सकेको थिएन ।’

गैरआवासिय नेपालीको मुख्य लगानी रहेको सामाजिक सञ्जाल सगुनमा नेपाली लगायत भारतको दार्जिलिङ, आसाम, मणिपुर, भुटान, बर्मालगायत विश्वभरि छरिएर रहेका नेपालीभाषीलाई जोड्न चाहेको सगुनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सगुन सञ्जालमा हालसम्म विश्वका १ सय २० भन्दा बढी राष्ट्रबाट ७० लाखभन्दा बढी प्रयोगकर्ता जोडिएका छन् । प्रयोगकर्तामध्ये सबैभन्दा धेरै नेपाल, भारत र अमेरिकाबाट रहेका छन् ।

हालसम्म विश्वभरबाट ४ हजारभन्दा बढी व्यक्तिले ६० लाख अमेरिकी डलरभन्दा बढी रकम सगुनमा लगानी गरिसकेको पनि सगुनले जनाएको छ । सुगनका लगानीकर्ता अमेरिका, बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया र भारतका रहेको विज्ञप्तीमा जनाइएको छ ।

हेर्नुहोस् सगुनद्वारा जारी गरिएको प्रेस विज्ञप्ती

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS