अश्लिल नेपाली वेभसाईट चलाउने पक्राउ
विदेशबाट वेबसाइट होस्टिङ गरेर नेपाली अश्लील सामग्री उत्पादन र प्रकाशन गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं, गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठ छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई गोंगबुबाट पक्राउ गरेको हो । ब्युरोका सह–निर्देशक नविन्द अर्यालले बताए अनुसार उनले विदेशबाट वेवसाइट होस्टिङ गरेर नेपाली अश्लील चलचित्र प्रशारण गर्ने गरेका थिए ।
एक पीडित युवतीले दिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । हाल उनले चलाएको वेवसाइट बन्द भइसकेको छ । पक्राउ परेका श्रेष्ठमाथि विद्युतीय करोबार ऐन अनुसार ७ दिन म्याद थप गरेर अनुसन्धान थालिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्