सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बिहेको गर्छु भनि किशोरी वलात्कार गर्ने पक्राउ

बालिकालाई बिहे गर्ने प्रलोभन देखाएर बलात्कार गरेको अभियोगमा काठमाण्डौबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको चौदण्डी नगरपालिका–३ घर भइ काठमाडौंको थानकोट बस्दै आएका २६ वर्षीय जय राई रहेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार राईले शुक्रबार नागार्जुन नगरपालिका–१०, खड्का गाउँस्थित आफ्नो साथीको डेरामा बालिकालाई लगेर जबरजस्ती करणी गरेको उजुरी परेको छ ।

girl

घटनाबारे जानकारी पाएलगत्तै ललितपुरको सातदोबाटोबाट उनलाई प्रहरीले पक्राउ गरेको छ । पीडित बालिका १६ वर्षीया हुन् । बिहे गर्छु भनेर उनलाई साथीको कोठासम्म लगेको पाइएको भनिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्