१४ बर्षिया बालिका रुखमा झुण्डिएको भेटिइन
बैतडीमा एक १४ वर्षीया बालिका रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । डिलासैनी गाउँपालिका वडा नम्वर ७ खेतीगाउँ बस्ने नवराज जोशीकी छोरी नन्दा जोशी घर नजिकैको रुखमा पासो लगाएको अवस्थामा मृत भेटिएकी हुन् ।
सोमबार बिहान उनी मृत भेटिएपछि दिउँसो २ बजे प्रहरीलाई खबर गरिएको थियो । खबर पाएपछि प्रहरी टोली हिजो नै घटनास्थल गएपनि टाढा हुँदा आज मात्रै पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी किसन चन्दले बताएका छन् ।
उनका अनुसार अहिले किशोरीको शव गोकुलेश्वर अस्पतालमा पोष्टमार्टमका लागि लगिएको छ । उनले आत्महत्या गरेकी हुन या हत्या भएको हो त्यो पोष्टमार्टमपछी थप पुष्टि हुने प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्