सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बर्षापछी आएको पहिरोले लमजुङमा १८ घर पुर्यो

लमजुङको मर्स्याङ्दी गाउँपालिका ३ तरापु पल्लोटारीमा बुधबार बिहान पहिरो आउँदा १८ घर पुरिएका छन् । पहिरोमा परेर ३ जना घाइते भए पनि अन्य मानवीय क्षति नभएको गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले बताएका छन् ।

Flood and Landslide

‘बिहान मान्छे घरमा थिएनन्, पहिरो आएको देखेपछि धेरैजसो सुरक्षित ठाउँमा भागे,’ गुरूङले भनेका छन्–‘त्यही भएर मानवीय क्षति भएन ।’ उक्त गाउँमा झण्डै ८० घर रहेका छन् । पहिरोका वरिपरि रहेका अन्य घरहरू अहिले जोखिममा रहेका छन् ।

घटनास्थलमा प्रहरीसहित स्थानीयवासीको टोलीले पहिरो हटाउन थालेको अध्यक्ष गुरूङले बताएका छन् । यस्तै, मर्स्याङ्दी गाउँपालिकाकै भुलभुलेमा पहिरोले ३ वटा घर भत्किएका छन् । घनपोखरा गाउँ पनि पहिरोको जोखिममा रहेको गुरूङले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्