सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रुकुम पश्चिमको स्यार्पुतालमा डुबेर २ जनाको मृत्यु

रुकुम पश्चिमको स्यार्पु तालमा संगै माछा मार्न गएका गाउँकै साथी कमल विक डुब्न लागेपछी उनको उद्दार गर्ने क्रममा बुधबार दुई जना युवा वेपत्ता भएका छन् । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकामा पर्ने स्यार्पु तालको मुहानमा साथी कमल विक डुब्न लागेपछी उद्दार गर्न गएका उनीहरु आफै बगेर बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा बाँफीकोट गाउँपालिका वडा नं. ५ वडागाउँ निवासी बर्ष २१ का अनिल घर्ती मगर र २३ बर्षिय लोकबहादुर घर्ती मगर रहेका छन् । प्रत्यक्षदर्शीले बताए अनुसार तालको मुहानतर्फको खोलामा साथी कमल विक डुब्न लागेको देखेपछी सुरुमा अनिल घर्ती मगर कमललाई बचाउन गएका थिए ।

Syarpu Tal

कमललाई उद्धार गर्न गएका अनिल घर्ती मगरले गाह्रो भयो भन्दै गुहार मागेपछी उनलाई निकाल्न भनि गएका लोकबहादुर घर्ती मगर पनि संगै वेपत्ता भएका हुन् । वेपत्ता उनीहरु दुबैजना एकैगाउँका छिमेकी हुन् । कमलको भने अरु स्थानीयले जिवितै उद्धार गरेका छन् ।

स्यार्पुतालमा माछा मार्न गएका उनीहरु बुधबार दिउँसो कमललाई बचाउन खोज्दा आफै बेपत्ता भएको प्रहरीले बताएको छ । वेपत्ता भएका दुबै जना पौडीमा पोख्त भएको बताइएको छ । बर्षाका कारण बढेको तालमा आउने खोलाको भेलले तालको दलदलमा दबाएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।

वेपत्ता मध्ये लोकबहादुर घर्ती मगरको शव भेटिएको छ भने अनिल घर्ती मगरको शव अँझै भेटिएको छैन । अहिले स्थानिय वासिन्दा र प्रहरीले खोजिकार्य गरिरहेको बताइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्