सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

यिनै तिनजना हुन् सशस्त्र प्रहरीका जवानको हत्यारा

सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट माडर सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहर कुमार यादवको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिरहा नगरपालिका–३ मखनाहाका २५ वर्षीय जवकेश कुमार यादव, सोही ठाउँका २० वर्षीय मंगला भन्ने दिपेश कुमार यादव र २२ वर्षीय बुलना भन्ने मुकेश कुमार यादव रहेका छन् ।

असार १६ गते सिरहा नगरपालिका–१४ खिरौनास्थित नहरको पानीमा उनीहरुले सशस्त्र प्रहरी जवान यादवको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको २ नम्बर प्रदेशका प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले बताएका छन् ।

‘एक विवाहमा भएको सामान्य विवादको क्रममा चोर–चोर भन्दै ३ किलोमिटरसम्म लखेटेर जवान यादवको हत्या गरेको पाइएको छ,’ डीआईजी सिंहले भने, ‘उनीहरुलाई प्रदेश प्रहरी कार्यालयको टोली र जिल्ला प्रहरी कार्यालय सिराहाको संयुक्त टोलीले पक्राउ गरेको हो ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS