सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो

नारायणी अस्थायी कोरोना अस्पतालमा भर्ना भइ उपचार गराइरहेकी वीरगन्ज महानगरपालिका–११ निवासी ८५ वर्षीया महिलाको मृत्यु भएको छ । चिकित्सकका अनुसार ती वृद्ध महिला मुटु रोगी थिइन् । हाल निमोनिया भएर अस्पताल आएकी थिइन् ।

कोरोना अस्पतालका इन्चार्ज डा. निरज सिंहका अनुसार शुक्रबार कोरोना अस्पतालमा मृत्यु भएकी महिला वीरगन्जकै एडभान्स मेडिकेयर हस्पिटलबाट बिहीबार रिफर भएर कोरोना अस्पताल आएको थिइन् ।

‘ती वृद्ध महिला मंगलबार एडभान्स मेडिकेयर हस्पिटलमा निमोनिया जाँच गराउन आएकी थिइन्,’ डा. सिंहले भने, ‘मुटु रोगकी पुरानो बिरामी महिलामा निमोनियासँगै कोरोनाको लक्षण देखिएपछि कोरोना अस्पताल रिफर गरिएको थियो ।’

Death boy corona

ती महिलामा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना अस्पतालको आइसियु कक्षमा उपचार गर्दागर्दै शुक्रबार बिहान पौने ७ बजे उनको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताएका छन् । योसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

गत मंगलबार कोरोना अस्पतालमै उपचार गराइरहेका वीरगन्ज– ६ माईस्थानका ७० वर्षीय वृद्धको मृत्यु भएको थियो । बुधबार साँझ कोरोना संक्रमण पुष्टि भएपछि ७० वर्षीय वृद्धको बिहीबार नेपाली सेनाले अन्तिम संस्कार गरेको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS