सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपाल बैंकको घडेरी कर्जामा ९.९९ प्रतिसत ब्याज

नेपाल बैंकले नयाँ ब्याजदरमा कर्जा योजनाहरु सार्वजनिक गरेको छ । बैंकले सबैभन्दा कम ब्याजदर हुनेगरी पाँच बर्षे अबधिका लागी ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा योजना ल्याएको छ ।

घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैंकमा रहेको घरकर्जा समेत स्वाप गर्ने सुविधा रहेको बैंकले जानकारी दिएको छ ।

बैंकले नयाँ लघु उद्यम कर्जा, सबृद्धि व्यवसाय कर्जा र घडेरी कर्जा योजनाहरु पनि ल्याएको छ । लघु उद्यम कर्जा तथा सम्बृद्ध व्यवसाय कर्जा को वार्षिक ब्याजदर ८.९९ प्रतिशत रहेको छ ।

सम्बन्धित निकायमा दर्ता भई नियमित रुपमा सञ्चालन भएका वा नयाँ सञ्चालन हुने क्रममा रहेका उद्योग वा व्यापाररव्यवसाय सञ्चालन तथा विस्तारको निमित्त लागि २५ लाख देखी ९९ लाखसम्म लघु उद्यम पाइने छ ।

१ करोड देखी ३ करोडसम्मको चालु तथा स्थिर पूँजी ब्यबस्थापनका लागि सम्बृद्ध व्यवसाय कर्जा पाइने छ । घडेरी खरिद गरी घर निर्माण गर्ने उपभोक्तालाई लक्षित गरी बैंकले घडेरी कर्जा पनि ल्याएको छ, जस्को वार्षिक ब्याजदर ९.९९ प्रतिशत रहेको छ ।

घडेरी जग्गा खरिद गर्न र अन्य बैंक तथा वित्तिय संस्थाबाट लगानी भएको सोही प्रकारको कर्जा स्वाप गरी ग्राहकको आवसिय आवश्यकता पूरा गर्न यो कर्जाको सुरुवात गरिएको बैंकले जानकारी दिएको छ ।

घडेरी जग्गा कम्तिमा साढे दुई आना वा साढे चार धुरदेखी बढीमा एक रोपनी वा डेढ कट्ठासम्म क्षेत्रफल भएको हुनुपर्नेछ । यो कर्जाको अबधि ५ बर्ष देखी २० वर्ष सम्म रहेको छ ।

१८६ वटा शाखा, १२५ वटा एटिएम तथा २९ वटा एक्स्टेन्सन काउण्टर मार्फत् बैंकिङ्ग सेवा दिइरहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्