सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९६ पुग्यो

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ९६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरकी ८५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

Death boy corona

उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा बुधबार राति मृत्यु भएको हो । यस्तै अछामको रामारोशन नगरपालिका–५ का १८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । मुटुको बिरामी उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्