सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कपिलवस्तु, पर्सा र धनुषा जिल्लाका एक–एक जनाको मृत्यु भएको हो ।

कपिलवस्तुको मायादेवी गाउँपालिका–७ का ४० वर्षीय पुरुषको साउन ३१ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलममा मृत्यु भएको हो । त्यसैगरी पर्साको विरगञ्ज महानगरपालिका–१२ निवासी ६० वर्षीय पुरुषको साउन ३० गते नारायणी अस्थायी कोरोना अस्पतालमा मृत्यु भएको हो ।

Death boy corona

धनुषाको जनक नन्दनी गाउँपालिका–४ निवासी ५० वर्षीय पुरुषको साउन २९ गते कोरोनाका कारण निधन भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ८० पुरुष र २२ महिला गरेर १०२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्