सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पछिल्लो २४ घण्टामा ६४१ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशभर ६४१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार २४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ । उनीहरुमध्ये १०४ जनाको मृत्यु भएको छ भने १७ हजार ३३५ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र १७२ जना संक्रमित थपिएका छन् । काठमाडौैं जिल्लामा १२६ जना, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Corona Virus

यस्तै मोरङमा १०० जना संक्रमित थपिएका छन् । बाराका ७८, पर्साका ७४, रुपन्देहीका ४८, धनुषाका ३७, चितवनका २७, रौतहटका १४, सप्तरी र कास्कीका ११÷११ जना, बाँकेका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नवलपरासी र महोत्तरीका ८÷८ जना, कञ्चनपुर र तनहुँका ५÷५ जना, दाङका ४, कैलाली, बर्दिया र सिराहाका ३÷३ जना, सुनसरी, कपिलवस्तु, सर्लाही, नवलपुर र रोल्पाका २÷२ तथा नुवाकोट, सिन्धुली, जुम्ला, रुकुम पश्चिम, इलाम, मकवानपुर, बाग्लुङ, पर्वत, झापा, लमजुङ र ताप्लेजुङका एकएक जना संक्रमित भएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्