खोलाले बगाएर एकैपरिवारका ४ जनाको मृत्यु
अछाममा खोलाले बगाएर चारजनाको मृत्यु भएको छ । अछाम र कालीकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा एकै घरका चारजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा पन्चदेवल विनायक नगरपालिका–९ तानकोटका ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया बिपना बोहरा, एक वर्षीया आकृति बोहरा र छोरा ७ वर्षीय हेमन्त बोहरा रहेका छन् ।
उनीहरुको खोला तर्ने क्रममा शनिबार साँझ बगेर मृत्यु भएको प्रहरीको भनाइ छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्