सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०७ पुग्यो

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा नेपालमा थप ३ जनाको मृत्यु भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

सोमबार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेमा मोरङ जिल्लाका ६० वर्षीय पुरुष र काठमाडौँकी ५८ वर्षीया महिला र रौटहटका ३२ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

Death boy corona

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ । सोमबार पछिल्लो २४ घण्टामा कोरोनाबाट संक्रमित हुनेको संख्या ५८१ जना पुगेको छ । सोमबार काठमाण्डौ उपत्यकामा मात्रै १६८ जनामा कोरोना देखिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्