सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार निधन

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको परिवारजनले जानकारी दिएका छन् । पारिवारिक स्रोतका अनुसार पछिल्लो समय बिरामी रहेका उनको १०१ वर्षको उमेरमा निधन भएको हो ।

राष्ट्रकवि घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् । नेपाली साहित्यका धरोहर राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधनले नेपाली साहित्य क्षेत्रले एक अग्रज स्रस्टा गुमाएको छ ।

Madhav Prasad Ghimire

उनका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर–किन्नरी (गीतसंग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति प्रकासित रहेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS