सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बिरामी भएपछी राजीनामा दिँदै जापानी प्रधानमन्त्री

स्वास्थ्यमा समस्या देखिएपछी जापानका प्रधानमन्त्री सिन्जो आबेले पदावधि सकिनु एक वर्ष अघि नै राजीनामा दिने भएका छन् । जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार ६५ वर्षीय प्रधानमन्त्री आबेले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दैछन् ।

जापानी सञ्चारमाध्यमका अनुसार उक्त सम्बोधनबाट आबेले राजीनामा दिन लागेका बताइएको छ । प्रधानमन्त्री आबे निकटको स्रोतलाई उल्लेख गर्दै सञ्चारमाध्यमले लेखेका छन्–’आफ्नो स्वास्थ्यका कारण सरकारको काममा असर नपरोस् भनेर उहाँले राजीनामा दिने निर्णय गर्नुभएको हो ।’

Shinjo Abe PM of Japan

पछिल्लो समय उनी लगातार दुई पटक अस्पताल गएपछि उनको स्वास्थ्यलाई लिएर विभिन्न अड्कलबाजी गरिएको छ । यसअघि पनि आबेले सन् २००७ मा स्वास्थ्यका कारण प्रधानमन्त्री नियुक्त भएको वर्ष दिनमै राजीनामा दिएका थिए ।

जापान टुडे अनलाईनले समाचारमा उल्लेख गरेअनुसार आबे लामो समयदेखि अल्सरेटिभ कोइलेइटिस रोगबाट पीडित छन् । आबे जापानमा सबैभन्दा बढी समय लगातार प्रधानमन्त्री हुने पहिलो व्यक्ति हुन् ।

अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री आबेले रगत वान्ता गर्ने गरेको हल्ला चलेको थियो । पछिल्लो समय उनी सार्वजनिक कार्यक्रममा सहभागी नभएकाले उनको स्वास्थ्यमा गम्भीर समस्या भएको अड्कल गरिएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्