सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानको प्रधानमन्त्री याशिहिदे सुगा बन्ने पक्का

जापानको नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित भएका छन् । सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टिको नेतामा विजय भएसंगै योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको हो ।

आज सोमबार दलको नेतामा चयन भएपनि सेप्टेम्बर १६ तारिखमा हुने प्रधानमन्त्रीको चुनावबाट विजयी भएपछी मात्रै उनी औपचारिक रुपमा जापानको प्रधानमन्त्री बन्नेछन् ।

यसअघिका प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यमा समस्या देखिएपछी सरकारको काममा असर नपरोस भनेर राजिनामा दिएपछी उनको उत्तराधिकारीका रुपमा आबेको बाँकी कार्यकाल सम्हाल्न सुगा आउँदैछन् ।

Yashihide Suga Japanese Prime Minister

सत्तारुढ दल एलडिपिको नेताका लागी बिभिन्न चरणमा गरिएको चुनावमा सुगाले कुल मतको ३७७ मत प्राप्त गरी लिडर बन्न सफल भएका हुन । दुबै प्रतिनिधिमण्डलको साधारण सभामा डाएटका सदस्यहरू र प्रिफेक्चरल फेडरेशनका प्रतिनिधिहरूले मतदान गरेका थिए ।

प्रतिस्पर्धामा सुगाले ३७७ मत प्राप्त गरेका छन् भने प्रतिन्द्धी किशिदा वोतेस ८७ र इशिबाले ६८ मत प्राप्त गरेका छन् । योशिहिदे सुगालाई आधिकारिक रुपमा पार्टीको लिडर भने १५ तारिखमा घोषणा गरिने छ । त्यसपछी १६ तारिखका दिन तल्लो र उपल्लो सदनको मुख्य बैठकमा प्रधानमन्त्रीको चुनाव हुनेछ र त्यहाँबाट उनी प्रधानमन्त्री बन्ने छन ।

सिन्जो आबेको बाँकी कार्यकाल सम्हाल्न लागेका उनी अर्को बर्ष प्रधानमन्त्री बन्न नसकेको खन्डमा जापानको ईतिहाँसमा सबै भन्दा थोरै समय प्रधानमन्त्री बन्नेको रेकर्ड सुगाको नाममा रहने छ । स्मरण रहोस् सिन्जो आबे जापानको ईतिहासमा सबै भन्दा लामो समय सत्ता सन्चालन गर्ने प्रधानमन्त्री हुन ।

बिभिन्न सर्वेक्षणहरुले भाबी प्रधानमन्त्रीको बलियो दाबेदारका रुपमा देखाइरहेका बेला उपभोग्य कर बढाउनु पर्छ भन्नेबारे सोचिरहेको अभिब्यक्ती दिएर बिबादमा तानिएका थिए । एक टेलिभिजन कार्यक्रममा उनले घट्दो जन्मदरका कारण बृद्दबृद्दाको संख्या बढ्दै गएकाले कर बढाउनु पर्ने अवस्था रहेको बताएका थिए ।

अघिल्लो पटक कर बढाउँदा आबे सरकारले १० बर्ष कर बढाउन नपर्ने भनी गरेको कबुल बिपरित सुगाले कर बढाउने तर्क गरेको भन्दै आलोचना भएपछि उनले आफ्नै बोली फिर्ता लिनु परेको थियो । आबेको उत्तराधिकारीका रुपमा प्रधानमन्त्री बन्दै गरेका सुगा किसान परिवारका सन्तान हुन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्