जापानमा कोरोनाको खोप लगाउने तालिका
पछिल्लो पटक कडा खालको भनिएको कोरोना भाइरसको सामना गरिरहेको जापानले कोरोना भाइरस विरुद्धको खोपलाई जतिक्यो चाँडो सर्वसाधारणको पहुँचसम्म पुर्याउन प्रयास गरिरहेको छ । फेब्रुअरी अन्तिमबाट खोप लगाउने गरी तयारी थालेको जापानले अहिले केही प्राविधिक र सैदान्तिक प्रक्रियाहरु अगाडी बढाएको छ ।
जानकारीमा आए अनुसार जापानले अमेरिकी फर्मा (औषधी) कम्पनी फाइजर इंकले तयार गरेको कोरोना विरुद्धको खोपलाई छोटो बाटोबाट अनुमति दिने तयारी गरेको बुझिएको छ । गत बुधबार सार्बजनिक भएको एउटा सुचना अनुसार स्वास्थ्य मन्त्रालयले बोलाएको एउटा समितिको बैठकबाट सम्भवत; फेब्रुअरी १५ मा फाइजरले प्रयोगका लागी जापानमा औपचारीक अनुमति पाउने छ ।
जापानका लागी फाइजर एउटा मात्रै त्यस्तो खोप हो, जसलाई जापान सरकारले प्रयोगका लागी अनुमति दिनेबारे तयारी गरिरहेको छ । जापानले खोप निर्माता फाइजर इंकसंग करिब ७ करोड २० लाख मानिसका लागी खोप पुग्नेगरी आपुर्ति गर्न सम्झौता गरिसकेको छ । ७ करोड २० लाख खोपले जापानको आधा भन्दा बढी जनसंख्यालाई खोप लगाउन पुग्छ ।
जापान सरकाले कोरोना विरुद्धको खोप लगाउने बारे सार्वजनिक गरेको तालिका अनुसार आउँदो फेब्रुअरीको अन्तिमदेखि खोप लगाउन सुरु गरिने बताइएको छ । सुरुमा स्वास्थ्यकर्मीहरुलाई खोप दिईने छ भने त्यसपछी मार्चको अन्त्यसम्ममा ६५ बर्ष वा सो भन्दा बढी उमेर भएकालाई दिइनेछ ।
त्यसपछि दिर्घरोग भएकाहरु र बृद्धबृद्धाको हेरचाह गर्नेहरु प्राथामिकतामा पर्नेछन् । अनि बल्ल त्यसपछी अन्य सर्बसाधारणको पालो आउनेछ । कोरोनाकै बिचमा प्रधानमन्त्री बनेका योशिहिदे सुगाले सन् २०२१ को पहिलो ६ महिनाभित्र देशको आधा भन्दा बढी जनसंख्यालाई पुग्ने खोप सुरक्षित गर्ने बाँचा गरेको थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्