सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानका पुर्वप्रधानमन्त्री आवेलाई भारतको सबैभन्दा ठुलो सम्मान

भारतले जापानका पुर्व प्रधानमन्त्री सिन्जो आबेलाई त्यहाँको सबैभन्दा उच्च नागरिक सम्मान प्रदान गरेको छ । समाजका बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएबापत प्रदान गरिने भारतको यो उच्च सम्मानबाट यसपालि जापानमा पुर्व प्रधानमन्त्री आबे पनि सम्मानित भएका हुन् ।

उच्च नागरिक सम्मान पद्म बिभुषणबाट जापानका पुर्व प्रधानमन्त्री आबेसहित भारतका पूर्व केन्द्रीय मन्त्री रामविलास पासवान, असमका पूर्व मुख्यमन्त्री तरुण गोगोई सहित ७ जनालाई सम्मानित गरिने भएको छ ।

भारतको केन्द्र सरकारले सोमबार बेलुका यसको घोषणा गरेको हो । पद्म सम्मान भारतको सबैभन्दा उच्च नागरिक सम्मान हो । यसलाई पद्म विभुषण, पद्म भूषण र पद्म श्री गरी तीन श्रेणीमा प्रदान गरिन्छ ।

Shinzo Abe pm of Japan

पद्म सम्मान कला, समाजसेवा, सार्वजनिक जीवन, विज्ञान, व्यापार, स्वास्थ्य क्षेत्र, साहित्य, शिक्षा, खेल, सिभिल सेवा आदि क्षेत्रमा उल्लेखनीय काम गरेबापत दिइन्छ । हरेक वर्ष गणतन्त्र दिवसको मौकामा यो सम्मान पाउनेको नाम घोषणा गरिन्छ ।

सम्मानित हुनेको नाम गणतन्त्र दिवसको मौकामा घोषणा गरे पनि सम्मान भने राष्ट्रपति भवनमा हुने समारोहमा राष्ट्रपतिको हातबाट दिइन्छ । यसपटक जम्मा सात जनालाई पद्म विभूषण, १० जनालाई पद्म भूषण र १०२ जनालाई पद्म श्रीद्वारा सम्मानित गरिएको छ ।

सम्मान पाउनेमध्ये २९ जना महिला, १० जना विदेशी–एनआरआइ–पीआईओ–ओसीआई श्रेणीमा समावेश छन् । १६ जनालाई मरणोपरान्त सम्मान दिइएको छ । सम्मान पाउनेहरुमध्ये एक तेस्रोलिङ्गी पनि छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्