सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा बालिग उमेर घटाएर १८ बनाइयो

जापानले यसअघि बालिग उमेर २० बर्ष भएकोमा घटाएर अब १८ बर्ष कायम गर्ने भएको छ । जापानको कानुनमा अब आगामी बर्षको अप्रिल १ देखी १८ बर्ष सम्मकोलाई बालिग उमेर मानिनेछ ।

बालिग उमेर सम्बन्धि यो नयाँ कानुनि व्यवस्था लागु हुन अँझै एक बर्ष भन्दा बढी समय बाँकी छ । कानुनत; बालिग उमेर १८ बर्ष कायम भएपनि यसअघि झैँ २० बर्ष भन्दा कम उमेरकाले नाबालिगहरुलाई दिईएका केही अधिकार र बिशेषाधिकारहरु पाउने छैनन् ।

नाबालिग उमेर घटाउने नयाँ कानुनि व्यवस्थाबारे जापानी उच्च विद्यालय जाने उमेरका विद्यार्थीहरुसंग उनिहरुको धारणा र यसबारे उनीहरुले कत्तिको बुझेका छन् भन्ने जान्न लाइन रिसर्चले एक सर्वेक्षण गरेको छ । सो सर्वेक्षणमा सहभागीहरुले केही रोमाञ्चक र मिश्रित धारणा व्यक्त भएका छन् ।

जापानको उच्च विद्यालय जाने उमेरका ४०६ जना केटा र ३९३ केटीहरु सहभागी सर्वेक्षणमा बालिग उमेर सम्बन्धि नयाँ कानुनबारे मिश्रित धारणा रहेको पाइएको छ । बालिग उमेर हद कम गर्नेबारे सर्वेक्षणमा सहभागी केटीहरुले व्यक्त गरेको धारणा केही बाझिएको छ ।

Japanese Girl

मतलवः सर्वेक्षणमा सहभागी ३२ प्रतिसत केटीहरुले उमेर हद घटाउने नयाँ कानुनि व्यवस्थालाई स्वीकार गरेका छन् भने २७ प्रतिसतले यसलाई अस्विकार गरेका छन् । नावालिग उमेर हद सम्बन्धि नयाँ कानुनि व्यवस्थाको पक्ष र बिपक्षमा पाँच प्रतिसतको मात्रै अन्तर रहेको पाइएको छ । यसको विपरित केटाहरुतर्फ भने ४८ प्रतिसतले यसलाई स्वीकार गरेका छन् भने जम्मा १५ प्रतिसतले मात्रै यसको विरोध गरेका छन् ।

सर्वेक्षणमा सहभागीहरुलाई १८ बर्ष उमेर पुगेकाहरुको अधिकारमा आएको बिशेष परिवर्तनका बारेमा पनि प्रश्न सोधिएको थियो । यसअघि महिलाहरुले विवाह गर्न पाउने उमेर १६ बाट बढाएर १८ बनाएकोबारे भने धेरैलाई जानकारी रहेको पाइयो । केटिको बिबाह गर्ने उमेर बढाइएकोबारे जानकार हुने केटिको संख्या ६९ प्रतिसत रहेको पाइएको छ भने केटातर्फ ५९ प्रतिसत यसबारे जानकार रहेको सर्वेक्षणमा देखिएको छ ।

केटिहरुले यसअघि अभिभावकको अनुमतिमा १६ बर्षमा बिबाह गर्न पाउने ब्यवस्था थियो । केटाहरुले बिबाह गर्न पाउने उमेर भने १८ बर्ष नै यथावत राखिएको छ । जापानमा १८ र १९ बर्षका केटाकेटीहरु आर्थिक र सामाजिक रुपमा स्वतन्त्र हुनु बालिग उमेर घटाउनुको मुख्य कारण रहेको रिपोर्टमा उल्लेख गरिएको छ । जापानमा सामान्यतया १७ १८ बर्षको उमेरमा उच्च विद्यालयको पढाई पुरा भइसक्छ । यसपछी उनीहरु आर्थिक र सामाजिक रुपमा स्वतन्त्र भएको मानिन्छ ।

लागु हुने नयाँ कानुनी व्यवस्था अनुसार काम गर्नुको सट्टा उच्च शिक्षा अध्ययन गरिरहेकाहरुको हकमा भने नाबालिग उमेर हद २० बर्ष नै कायम हुनेछ । जापानको कानुन अनुसार अपार्टमेन्ट लिन वा क्रेडिट कार्डको आवेदन भर्ने जस्ता कामहरुको लागी नावालिगको हकमा आमाबाबुको अनुमति चाहिन्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्