सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पोर्नसाइटका २० लाख युजरको डाटा बिक्रिमा !

लोकप्रिय पोर्न माईफ्रीकाम्स वेबसाइटका लाखौं प्रयोगकर्ताको डेटा लिक भएको छ । यदि तपाईंको अनलाइनमा पोर्न हेर्ने बानि छ भने यो खबर तपाईंका लागि पनि हुनसक्छ है ।

प्राप्त जानकारीअनुसार माईफ्रीकाम्सका करिब २० लाख प्रयोगकर्ताको निजी डेटा डार्क वेबमा बिक्रीका लागि राखिएको छ । लिक भएको डेटामा प्रयोगकर्ताको नाम, युजरनेम, ईमेल, पासवर्ड र मोबाइल नम्बर जस्ता विवरण रहेका छन् ।

विज्ञहरुका अनुसार यी डेटा प्रयोग गरेर ह्याकरले प्रयोगकर्तामाथि ह्याकिङ तथा ब्ल्याकमेल गर्न सक्ने भन्दै सचेत गराएका छन् । साइबर न्युजले सबैभन्दा पहिला यो डेटा लिक भएको विषय बाहिर ल्याएको थियो । यस विषयमा वेबसाइटले समेत पुष्टी गरेको छ ।

cyber crime

साइबर न्युजको रिपोर्टअनुसार माईफ्रीकाम्स नामक पोर्न वेबसाइटबाट करिब २० लाख प्रयोगकर्ताको डेटा लिक भएको छ । लिक भएका जानकारीहरु ब्ल्याक मार्केटमा बिक्री भइरहेको खबर छ । रिपोर्टमा भनिएको छ कि यी डेटाको बदलामा बिटक्वाइनको माग गरिएको छ ।

१० हजार प्रयोगकर्ताको डेटाको मूल्य १५०० डलर बिटक्वाइन राखिएको छ । माईफ्रीकाम्सले यो लिकको पुष्टी गर्दै सबै प्रयोगकर्तालाई पासवर्ड रिसेट गरिदिएको छ ।

लिकडेटाको नमूनामा युजरनेम, पासवर्ड, ईमेल आईडी र माईफ्रीकाम्स टोकन ब्यालेन्स जस्ता जानकारी साधारण अक्षरमा देखाइएको छ । ह्याकरले प्रयोगकर्ताको टोकन ब्यालेन्स समेत समाप्त पार्न सक्ने संभावना छ भने यी डेटाको प्रयोग ह्याकिङमा समेत हुन सक्ने विश्लेषण गरिएको छ ।

यस बाहेक प्रयोगकर्ताको जानकारी ह्याकरले उनीहरुका परिवार, आफन्त तथा साथीभाइलाई समेत पठाउन सक्छन् । त्यस्तै ईमेल आईडीको प्रयोग फिशिङ आक्रमणका लागि प्रयोग हुनसक्छ ।

माईफ्रीकाम्स एक लोकप्रिय पोर्न साइट हो । जसमा मासिक सक्रिय प्रयोगकर्ताको संख्या सात करोड रहेको बताइन्छ । नेपालमा पोर्न साइटहरु प्रतिबन्ध भएका त्यति धेरै प्रयोगकर्ता नभएको हुनसक्ने आँकलन गरिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्