सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भाइरल अर्जुन विक वलात्कार आरोपमा पक्राउ

छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदै गरेका बेला सामाजिक सञ्जालमा भाइरल बनेका अर्जुन विक वलात्कार आरोपमा पक्राउ परेका छन् । कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीका २४ वर्षीय छित्ता भन्ने अर्जुन विक (कामी) अपहरण शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा पक्राउ परेका हुन् ।

उनलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले गत माघ ८ गते काठमाडौंको तीनकुनेबाट पक्राउ गरेको हो । उनले भजनी नगरपालिका वडा नं ४ बाट १३ वर्षकी किशोरीलाई अपहरण गरी काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित डेरामा ल्याएका थिए । गत साउन १५ गतेसम्म डेरामै राखेर उनी फरार भएका थिए ।

त्यसपछि पीडित युवतीले गत साउन ३० गते बन्द कोठामा डर, धम्की देखाई जबरजस्ती करणी समेत गरेको उजुरी दिएकी थिइन् । उजुरीपश्चात अपहरण शरीर बन्धक तथा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी विकको निरन्तर खोजी गरिएको कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताएका छन् ।

खोजीका क्रममा उनलाई काठमाडौंमा पक्राउ गरिएको उनले जानकारी दिएका छन् । प्रहरी नायब उपरीक्षक विष्टले भनेका छन्–‘उनलाई पक्राउ गरी जिप्रका ल्याई कैलाली जिल्ला अदालतबाट सोही मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।’

पक्राउ परेका अर्जुन विक केही महिनाअघि श्रीमतीले धोका दिएर छोडेकी भन्दै छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदै गर्दा सामाजिक सञ्जालमा अन्तर्वार्ता दिएपछि भाइरल भएका थिए । वलात्कार आरोपमा पक्राउ परेको समाचार सार्बजनिक भएपछी कतिपय पाठकले यसलाई श्रीमतीको षड्यन्त्र भएको टिप्पणी समेत गरेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्