सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा युवतीले शिशु जन्माई हत्या गरेको शंका

जापानको तोचिगीकेनमा पर्ने ओयामासीको एउटा सपिङ्ग मलको शौचालयमा शिशुलाई जन्म दिएर हत्या गरेको अभियोगमा जापान प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । जापानको उच्च माध्यामिक विद्यालयमा अध्ययनरत ति युवतीले बच्चालाई जन्म दिएपछी हत्या गरेको आशंका गरिएको छ ।

हाइस्कुलमा पढ्दै गरेकी १७ बर्षिया किशोरीले ओयामाको एउटा सपिङ्ग मलमा शिशुलाई जन्म दिएर हत्या गरेको आरोप लागेको छ । घटना भएको शपिङ्ग मलको नाम भने खुलाइएको छैन । घटना डिसेम्बरको १८ तारिख साँझ भएको खुलाइएको छ ।

जानकारीमा आए अनुसार युवतीले सन् २०२० को डिसेम्बर १८ का दिन साँझ सो सपिङ्ग मलको शौचालयमा शिशुको जन्म दिएकी थिईन । सो घटना थाहा पाएपछी उद्दारकर्ताहरुले आमा र शिशु दुबै जनालाई तुरुन्त अस्पताल पुर्याएका थिए । तर अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले शिशुको मृत्यु भएको घोषणा गरेका थिए ।

मृत शिशुको शरिरमा असामान्य देखिने संकास्पद दाग देखेपछी प्रहरीले अनुसन्धानका लागी युवतीलाई पक्राउ गरेको जापानसमाचारमा प्रकासित समाचारमा उल्लेख गरिएको छ । प्रहरीका अनुसार चिकित्सकको रिपोर्टमा बच्चाको मृत्यु अस्वाभाविक तथा शरिरमा हत्या भएको शंका गर्न मिल्ने दाग देखा परेको उल्लेख गरिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्