सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कोरोनाबाट बच्न गाउँ फर्किँदा ४ को मृत्यु

काठमाण्डौबाट रुकुम जाँदै गरेको बस नवलपरासी पश्चिमको दाउन्ने नजिकै दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी बसमा सवार ४९ जना यात्रु घाइते भएको सोही गाडीमा सवार एकजना यात्रुले जानकारी दिएका छन् ।

काठमाडौंबाट रुकुम पश्चिम जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको खुर्सानी खोलामा बुधबार बिहान दुर्घटना भएको हो । कोरोनाको महामारीका कारण बन्दाबन्दीको समयावधी लम्बिँदै जाँदा जनजिवन कस्टकर बन्दै गएपछी कोरोनाबाट ज्यान जोगाउन गाउँ फर्किने यात्रु बोकेर सो बस रुकुमका लागी छुटेको थियो ।

कोरोनाबाट जोगिने गाउँ फर्किएका यात्रु बोकेको बस एकाबिहानै करिब ६ बजेतिर दुर्घटना भएपछी ज्यान गुमाउने ४ जनाको घर पुग्ने सपना बिच बाटोमै अस्ताएको छ । उद्धारका लागी घटनास्थलमा खटिएका इन्सपेक्टर कपिल वाग्लेका मृतकहरुमध्ये रुकुम पश्चिमका ३६ वर्षीय धनराज घर्ती र २७ वर्षीया कल्पना पुनको सनाखत भएको छ । अन्य दुई जनाको सनाखत हुन बाँकी छ ।

घाइतेहरुको पश्चिम नवलपरासीको चिसापानी सामुदायिक अस्पताल लगायतका स्थानमा उपचार भइरहेको इन्सपेक्टर वाग्लेले जानकारी दिएका छन् । सामान्य घाइते अवस्थामा रहेका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस सडकबाट करीब १६० मिटर तल खसेको छ ।

दुर्घटनामा गम्भिर घाईते भएका यात्रुलाई उपचारका लागी बुटवल लगिएको छ । गम्भिर घाईते भएका यात्रुको विवरण आउन बाँकी छ । कोरोनाको महामारीबाट बच्न गाउँ फर्किँदै गर्दा भएको यो दुखद घटनाले मृतकका आफन्त र दुर्घटनाका घाईतेको परिवारमा शोक र पिडा थपिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्