सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सिमानामा सशस्त्रको गोली लागेर १ युवाको मृत्यु

बुधबार बिहान नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी)बाट भारततर्फ जान लागेका स्थानीय युवालाई सशस्त्र प्रहरीले रोकेपछी सिर्जित घटनाले उग्र रुप लिँदा सशस्त्रको गोलि लागेर १ युवाको मृत्यु छ ।

भारत जान खोजेका ति युवालाई सशस्त्र प्रहरीले रोकेपछी ५०/६० जना स्थानीय युवाले सशस्त्र प्रहरीमाथि ढुंगामुढा गरेपछि आत्मरक्षाका लागी भिडलाई नियन्त्रणमा लिन चलाएको गोलि लागेर युवा घाईते भएको र उनलाई उपचारका लागी अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको सशस्त्र प्रहरीको दावी छ ।

Border of Nepal and India

सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते भएका नवलपरासी पश्चिमका २३ वर्षका युवक अविनाश राजभरको मृत्यु भएको हो । स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि बुटवल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी राजु लामाले जानकारी दिएका छन् ।

शहीद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि मृतक युवकलाई बुटवल पठाइएकोमा बाटोमै मृत्यु भएको हो । कोभिड–१९ को जोखिमका कारण रोकेर सोधपुछ गर्न खोज्दा गाउँलेको समूह आएर ढुंगामुढा गरेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वार्टर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताएका छन् ।

भीडलाई नियन्त्रण गर्न सुरुमा अश्रुग्यास प्रहार गरेको भए पनि भीड अनियन्त्रित भएपछि बाध्य भएर एक राउन्ड गोली चलाएको बताएका छन् । भीडले आक्रमण गर्दा सशस्त्रका सई शंकर बुढाथोकीको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्