सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

नक्कली जाईर्यु कार्ड बनाउने चिनियाँ पक्राउ

जापानमा नक्कली आवासिय अनुमति पत्र (जाईर्यु कार्ड) बनाउने कार्यमा संलग्न भएको आरोपमा एक जना चिनियाँ नागरिकलाई जापान प्रहरीले नियन्त्रणमा लिएको छ । मोउकान नाम गरेका ३२ बर्षिय ति चिनियाँ नागरिक अध्यागमन नियन्त्रण तथा शरणार्थी कानुन उल्लंघन गरेको अभियोगमा पक्राउ परेका हुन् ।

समाचारमा उल्लेख गरिए अनुसार ति चिनियाँ नागरिक ओसाकाको कादोमा सहरबाट पक्राउ परेका हुन । उनि वेरोजगार रहेको समाचारमा उल्लेख गरिएको छ । चिनियाँ नागरिक मोउकानलाई नोभेम्बर महिनामा नागोयाको मिनामी नगरबाट एकजना भियतनामी महिलाको नक्कली जाईर्यु कार्डसहित पक्राउ गरिएको जनाइएको छ ।

chinese

प्रहरीले अहिले उनलाई नक्कली जाईर्यु कार्ड बनाउने गिरोहको सदस्य हुनसक्ने आशंका गर्दै अनुसन्धान अगाडी बढाएको छ । पक्राउ परेका चिनियाँ नागरिक मोउकानले नक्कली जाईर्यु कार्ड बनाउने अभियोगलाई स्वीकार गरे/नगरेकोबारे भने जापान प्रहरीले अहिलेसम्म केही खुलाएको छैन ।

जापानी सञ्चार माध्यममा आएका समाचारहरु अनुसार पक्राउ परेका ति चिनियाँ नागरिकले नक्कली जाईर्यु कार्ड बनाउने तथा त्यस कार्यमा संलग्न समुहको आर्थिक तथा अन्य आवश्यक सामानको व्यवस्थापन गर्ने काम गरेको हुनसक्ने अनुमान गर्दै प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS