सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कांग्रेसको सभापतिमा कल्याण गुरुङको उम्मेद्वारी

देश कांग्रेसको महाधिवेशनले तातिरहेको बेला कसले नतृत्वमा बाजि मार्ला भन्ने सबैको चासोको बिषय बनेको छ । नेतृत्वको दौडधुप चलिरहेका बेला कांग्रेस नेता कल्याण गुरुङले पार्टीको सभापति पदमा उम्मेदवारी दिएका छन् । कांग्रेसका केन्द्रीय सदस्य रहेका ५१ वर्षीय गुरुङले सभापति पदमा भृकुटिमण्डस्थित निर्वाचन समितिको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

Kalyan Gurung congress

सभापतिमा देउवाले नछाड्ने भएपछी देउवा नै दोहोरिने सम्भावना पनि बलियो देखिएको छ भने सभापतिका अरु उम्मेद्वारको पनि सम्भाबना बलियो छ । नेतृत्व नयाँ पुस्तालाई दिन कार्यकर्ताले निरन्तर दबाब दिने गरेकाले यसपालीको महाधिबेशनमा प्रतिनिधिको रोजाईमा नयाँ उम्मेद्वार पर्न सक्ने सम्भावना बलियो देखिन्छ ।

कृष्ण सिटौला र प्रकाशमान सिंह पनि सभापतिको उम्मेद्वार भएकाले अहिले चुनावी नतिजा यसै हुनसक्छ भन्ने अवस्था छैन । महाधिवेशनको सम्मुखमा नेताहरुले गुट बदलिएका कारण नेतृत्वमा कसको पल्लाभारी हुन्छ त्यो भने अबको २ दिनमा प्रस्ट भईनै हाल्नेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्