सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कोरोना सम्बन्धि कठोर प्रतिबन्ध लम्ब्याउँदै जापान

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणलाई समुदायस्तरमा फैलिनबाट रोक्न जापान सरकारले सिमामा लगाएको कठोर प्रतिबन्धको म्याद थप्न सक्ने देखिएको छ । नोभेम्बरको ३० देखि जापान सरकारले आवासिय अनुमति नभएका (नयाँ प्रवेश गर्ने) विदेशीहरुको प्रवेशमा रोक लगाएको छ ।

ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको देशबाट आउने जापानी नागरिक र विदेशी बासिन्दाहरुले जापान आउने बित्तिकै सरकारले तोकेको स्थानमा कडा क्वारेन्टिनमा बस्नु पर्नेछ । सरकारले सुरुमा उक्त उपाय एक महिनाका लागी घोषणा गरेको थियो ।

Japan airport

तर ओमिक्रोनको भेरियन्टको संक्रामकताबारे अँझै पुर्ण रुपमा जानकारी हासिल गरिनसकेको सत्तारुढ दल लिबरल डेमोक्रेटिक दलको बैठकमा सरकारका एक प्रतिनिधीले शुक्रबार बताएका थिए । सरकार ओमिक्रोन भेरियन्टको सम्भावित प्रसारको लागी तयार रहनुपर्ने पनि ती प्रतिनिधीले बताएका छन् ।

ओमिक्रोनको संक्रमण बढ्दै जाँदा सिमामा अहिले कायम गरिएको प्रतिबन्धलाई आगामी महिनासम्म कायम गरिने ति सरकारी अधिकारीको संकेत छ । प्रतिबन्धलाई त्यसपछी लम्ब्याईने विकल्प पनि रहन सक्ने उनको भनाई छ । सरकारले थप पिसिआर परिक्षण र जेनोमिक विश्लेषण गरेर ओमिक्रोन भेरियन्टको निगरानी बढाउने पनि ती अधिकारीले बताएको जापानी सञ्चार माध्यममा प्रकासित समाचारमा उल्लेख गरिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्