सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जंगल विनास रोक्न युरोपमा गाईको मासु प्रतिबन्ध

बनजंगलसंग सम्बन्ध जोडिएको भन्दै युरोपेली सुपरमार्केटहरुले ब्राजिलबाट हुने गाईको मासु आयातमाथि प्रतिबन्ध लगाएका छन् । बन विनाशको कारण देखाउँदै विभिन्न ६ वटा युरोपेली सुपरमार्केटले ब्राजिलबाट आयात हुने गाईको मासुमाथि प्रतिबन्ध लगाएका हुन् ।

वन जंगलसँग गाई तथा अन्य वस्तुभाउको प्रत्यक्ष सम्बन्ध रहेको मानिन्छ । गाई तथा गाईको मासुबाट उत्पादन हुने सामग्री खरिद बिक्रीमा रोक लगाउँदा अमेजनको रेनफरेस्ट विनाश हुनबाट जोगिने भन्दै सो प्रतिबन्ध लगाउने निर्णय गरिएको अधिकारीहरुले बताएका छन् ।

दक्षिण अमेरिकाबाट हुने गाईको मासु खरिदमा सन् २०२२ को सुरुवातदेखि नै प्रतिबन्ध लगाउने बताइएको छ । सो प्रतिबन्धलाई प्रभावकारी बनाउन विभिन्न निगरानी गरिने समेत बताइएको छ ।

Cow

करिब १४ हजारभन्दा बढि ढुवानीकर्ताले दक्षिण अमेरिकाबाट गाई र गाईको मासु वैधानिक र अवैधानिक रुपमा युरोपेली र अमेरिकी मुलुकमा पठाउने गरेको बताइएको छ ।

अमेजन रेनफरेस्ट विनाश हुँदै गएको र सन् २०२१ मा मात्र सो जंगल १५ वर्षयताकै उच्च विनाश भएको तथ्यांकले देखाएको छ । सोही तथ्यलाई मध्येनजर गर्दै युरोपेली सुपरमार्केटहरुले गाईको मासुमाथी प्रतिबन्ध लगाइएको बताइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्