सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानी अर्बपती १२ दिन अन्तरिक्षमा बसेर फर्किए पृथ्वीमा

जापानी अर्बपति युसाकु माईजावा, उनका निर्माता र एक रुसी अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा १२ दिन बिताएर सोमबार सुरक्षित रूपमा पृथ्वीमा फर्किएका छन् ।

फेसन टाइकुनका रुपमा चिनिने युसाकु माइजावा, उनका निर्माता योजो हिरानो र रुसी अन्तरिक्ष यात्री अलेक्ज्याण्डर मिसुरकिनले बिहान ९ः१३ बजे कजाकस्तानको स्टेप्समा रहेको रुसी सोयुज क्याप्सुलमा जहेजकाजगान सहरबाट १४८ किलोमिटर दक्षिणपूर्वमा सफ्ट ल्यान्डिङ गरेका थिए ।

अन्तरिक्षबाट अवतरण गरेको सो टोलीलाई आवश्यकता अनुसारको उद्धारका लागि भनेर ल्यान्डिङ हुने क्षेत्रमा बादलको तल्लों सतहमा खोजी गर्न हेलिकप्टरसहितको उद्धार टोली तैनाथ गरिएको थियो । अवतरित भएपछि सो टोलीको मेडिकल जाँच गर्दा उनीहरू तीनैजनाले राम्रो महसुस गरेको बताएका थिए ।

Yusaku Maezawa

सन २००९ यता अन्तरिक्ष स्टेशनमा आफै भुक्तानी गरेर भ्रमण गर्ने ४६ वर्षीय मेजावा र उनका ३६ वर्षीय निर्माता हिरानो पहिलो पर्यटक हुन । मिसुरकिन भने आफ्नो तेस्रो अन्तरिक्ष अभियानका लागि गएका थिए ।

गत हप्ता एसोसिएटेड प्रेससँग कुरा गर्दै परिक्रमा गर्ने अन्तरिक्ष स्टेशनबाट प्रत्यक्ष अन्तर्वार्तामा माइजावाले एक पटक मानिसहरूले अन्तरिक्षमा पुगेपछि आफूले यो अद्भुत अनुभव प्राप्त गर्दाको अवस्थामा तत्कालिन क्षण कति मूल्यवान छ भनेर महसुस गर्न सकिने बताएका थिए ।

१२ दिने मिसनका लागि आफूले ८ करोड डलरभन्दा बढी रकम तिरेको दाबी गर्ने माइजावाले रिपोर्टहरूको यससँग सम्बन्धित प्रश्नमा आफूले सम्झौता रकम खुलाउन नसक्ने तर आफूले धेरै ठुलो रकम तिरेको स्वीकार गरेका छन् ।

गत अक्टोबरमा रुसी अभिनेता युलिया पेरेसिल्ड र फिल्म निर्देशक क्लिम शिपेन्कोले अन्तरिक्ष महिमाको लागि राष्ट्रको प्रतिष्ठालाई माथि उठाउन मद्दत गर्ने उद्देश्यले रसियाको अन्तरिक्ष निगम रोसकोसमोसद्वारा प्रायोजित परियोजनाको लागि सो कक्षमा संसारको पहिलो चलचित्र बनाउन स्टेशनमा १२ दिन बिताएका थिए ।

अन्तरिक्ष स्टेसनकक्षबाट एपीसँग कुरा गर्दै मेजावाले पृथ्वीमा रहेका मानिसहरूलाई मद्दत गर्नको लागि प्रयोग गर्नुको सट्टा अन्तरिक्ष यात्रामा पैसा खर्च गर्ने आफ्नो निर्णयमाथि प्रश्न गर्ने आलोचकहरूको आलोचनालाई खारेज गर्दै भने “आलोचना गर्नेहरू सायद तिनीहरू हुन् जो कहिल्यै अन्तरिक्षमा गएका छैनन् ।”

१२ दिनसम्म त्यहाँ रहँदा उनले अलिकति मोसन सिकनेसको महसुस गर्दा सुत्न अलि गाह्रो भएको आफूलाई लागेकोले भविष्यका अन्तरिक्षमा भ्रमण गर्ने पर्यटकहरूले शून्य गुरुत्वाकर्षणमा अनुकूलन हुन पाँच दिनसम्मको समय तय गर्दा उपयुक्त हुने बताएका छन् ।

माइजावाले आफ्नो यात्राको अवधि उपयुक्त नै लागेकोले खुसी हुदै भने “मोशन सिकनेससँग अनुकूलन गर्न र उडानको बाँकी समयको आनन्द लिनको लागि मेरो लागि लगभग १२ दिन सही नै थियो ।”
माइजावाले अन्तरिक्षमा भ्रमण गर्नका लागि एक सय चीजहरूको सूची तयार गरेका थिए जसमा स्पेस स्टेशन भित्र ब्याडमिन्टन, टेबलटेनिस र गल्फ जस्ता खेलहरू खेल्ने समावेश गरेका थिए ।

स्पेस एडभेन्चर्स भर्जिनिया कम्पनीले उनको अन्तरिक्ष स्टेशन भ्रमणको उडानलाई व्यवस्थित गरेको थियो । सो कम्पनीले यसअघि २००१ र २००९ को बीचमा अन्य सात पर्यटकहरूलाई समेत स्पेस स्टेशनमा पठाएको थियो ।

माइजावाले जापानको सबैभन्दा ठूलो अनलाइन फेसन मल जोजोटाउन सुरु गर्दै रिटेल फेसनबाट समेत मनग्य आम्दानी गरेका थिए । फोर्ब्स पत्रिकाले उनीसँग कुल सम्पत्ति १.९ बिलियन डलर हरेको अनुमान गरेको छ ।

टाइकुनले एलोन मस्कको स्टारशिपमा चन्द्रमाको वरिपरि सवार गर्न फ्लाईबाइ पनि बुक गरेका छन् र आठ प्रतियोगिताका विजेताहरू त्यो यात्रामा सामेल हुनेछन् । उनले सन् २०२३ मा यो अभियान सञ्चालन गर्ने योजना रहेको बताए ।

(प्राविधिक शब्द अनुवाद अन्यथा भएमा क्षमाप्रार्थी छौँः सम्पादक)

फेसबुकबाट कमेन्ट गर्नुहोस्