सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

टोक्यो ओलम्पिक्स र पाराओलम्पिक्स खर्च साढे १४ खर्ब

कोरोनाको महामारीकाबिच जापानले ओलम्पिक्स र पाराओलम्पिक्स सफलतापुर्वक सम्पन्न गरेको छ । जापानमा सम्पन्न ओलम्पिक्स र पाराओलम्पिक्स सम्पन्न गर्न कुल १४ खर्ब ५० अर्ब येन (१२ अर्ब ८० करोड डलर) लागत लागेको अनुमान गरिएको छ ।

सोमबार सार्बजनिक गरिएको खर्चको तथ्यांक यसअघि अनुमान गरिएको भन्दा १ खर्ब ९१ अर्ब येन कम भएको बताइएको छ । फलतः करदाताहरुमाथि थप भार नपर्ने प्रतियोगिता सम्बद्ध स्रोतले बताएको छ ।

Olympics

कोरोना भाईरसको महामारीबीच प्रतियोगिताका अधिकांश कार्यक्रम र प्रतिस्पर्धा दर्शक नराखी गरिँदा खर्च कम भएको स्रोतको भनाइ छ । गत वर्षको डिसेम्बरमा टोकियो ओलम्पिक्स आयोजनाको लागत १६ खर्ब ४० अर्ब येन पुग्ने अनुमान गरिएको थियो ।

कोरोनाका कारण प्रतियोगिता एक वर्ष पछाडी सर्दा अतिरिक्त सञ्चालन र संक्रमण विरोधी उपायहरु अपनाउन लागत २ खर्ब ९४ अर्ब येन बढ्ने देखिएको थियो । सन २०१९ को डिसेम्बरमा ओलम्पिक्सको आयोजना खर्च १३ खर्ब ५० अर्ब येन अनुमान गरिएको थियो ।

१६ खर्ब ४० अर्ब येन मध्ये ७ खर्ब २१ अर्ब येन ओलम्पिक्स आयोजना समिति, ७ खर्ब २ अर्ब येन टोकियो महानगर सरकार र २ खर्ब २१ केन्द्र सरकारबीच बाँडिने भनिएको थियो । महामारीबीच विदेशबाट निकै कम आगन्तुकहरु आएको र रंगशालामा पनि दर्शकहरु नहुँदा खर्च कम भएको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्