सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कर्मचारीको तलव बढाउन जापानी प्रधानमन्त्रीको अनुरोध

जापानी प्रधानमन्त्री फुमियो किशिदाले बिहिबार आगामी ‘शुन्टो’ तलब वार्तामा कर्मचारीको तलब बढाउन कम्पनी तथा व्यवसायहरुलाई अनुरोध गरेका छन् । प्रधानमन्त्री किशिदाले बिहिबार भएको जापान विजनेश फेडरेशन (केइदान्नेन) को बैठकमा यस्तो अनुरोध गरेका हुन ।

प्रधानमन्त्री किसिदाले सम्पती विवरण सम्बन्धी आफ्नो नीतिगत लक्ष्य हाँसिल गर्न खोजिरहेका छन् । बैठकमा किशिदाले भनेका छन्–‘तलब बढाएर सम्पति वितरण गर्नु भनेको भविष्यमा लगानी गर्नु हो ।’

Japanese priminister fumio kishida

किशिदाले कर्मचारीको तलब वृद्धीलाई सम्पति वितरणको अचुक रामवाणका रुपमा हेरेका छन् । उनले वार्षिक आम्दानी कोरोना भाइरसको महामारी पुर्वको स्तरमा उक्लिएका कम्पनीहरुलाई कर्मचारीका तलब ३ प्रतिशतले बढाउन आग्रह गरिरहेका छन् ।

केइदान्नेनले भने समग्रमा तलब बढाउन वा सदस्य कम्पनीहरुलाई तलब वृद्धिको लक्ष्य तोकिदिने कुनै योजना बनाएको छैन । गैर–उत्पादनमुलक कम्पनीका तुलनामा उत्पादनमुलक कम्पनीहरु कोरोना भाइरसको महामारीको प्रभावबाट छिट्टै उम्किएको बताउँदै केइदान्नेनका प्रमुख मासाकाजु तोकुराले कम्पनीको अवस्थाअनुसार तलब वृद्धि गर्नेनगर्ने कुरा विचार गर्नुपर्ने बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्