जापानले कोरोनाको खाने औषधीलाई दियो अनुमती
जापानको स्वास्थ्य मन्त्रालयको उपसमितिले कोरोना संक्रमण रोक्न अमेरिकी औषधी निर्माण कम्पनीले बनाएको खाने औषधीको प्रयोग गर्न पहिलो स्विकृती दिएको छ । अमेरिकी औषधी निर्माता कम्पनी ‘मर्क’ले विकास गरेको कोरोना भाइरसको औषधी ‘मोल्नुपिराभिर’ को प्रयोगलाई डिसेम्बर २४ गते शुक्रबार आयोजित विज्ञ समुहको बैठकले अनुमोदन गरेको हो ।
कोभिड संक्रमितमा हुने बढ्दो समस्या रोक्नको लागी प्रभावकारी ठानिएको यो औषधि जापानमा स्वीकृत प्रदान गरिएको पहिलो खाने औषधि हो । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले यसलाई तुरुन्त स्वीकृत गर्ने योजना बनाएको हो ।
स्वास्थ्य मन्त्रालयले यस वर्षको अन्त्यसम्ममा ‘मर्क’बाट दुई लाख व्यक्तिको लागी खाने औषधी आपुर्ति प्राप्त गर्ने र अर्को हप्तादेखि बिरामीहरुले लिन सक्ने गरी स्वास्थ्य संस्थाहरुमा पुर्याउने सहमति गरेको छ ।
‘मोल्नुपिराभिर’ नामक औषधीले कोरोना संक्रमण भएपछी बढ्दो समस्यालाई रोक्छ । चिकित्सकहरुले कोरोनाको लक्षण देखा परेको ५ दिनभित्र यो औषधि सेवन गर्न सिफारिस गर्ने गरेका छन् । स्वास्थ्य मन्त्रालयलले सकेसम्म कोरोना संक्रमितको सम्पर्कबाट बच्न बिरामीलाई फार्मेसीमा नभई घरमै यो औषधी लिन दिने नीती लिएको छ ।
स्वास्थ्य संस्था वा चिकित्सकले बिरामीको नजिकको ‘फार्मेसी’मा ‘फ्याक्स’ आदी माध्यम मार्फत प्रेसक्रिप्सन (औषधीको सिफारिस) गरी पठाएमा मात्र औषधी पसलबाट फर्मासिस्टले बिरामीलाई टेलिफोन वा अनलाइनबाट औषधी कसरी लिने भनेर सिकाउनेछन् ।
त्यसपछी क्यारियरमार्फत औषधी बिरामीसम्म डेलिभरी गरिने बताइएको छ । स्वास्थ्य मन्त्रालयले पहिले नै प्रिफेक्चरहरुमार्फत यो औषधी वितरण गर्न सकिने फार्मेसीहरु सुचीवद्ध गरिसकेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्