सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कोरोना बढेपछी २५ भन्दा बढी भेला हुन रोक

कोरोनाको पछिल्लो भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिँदै गएपछी कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुने कार्यक्रममा रोक लगाउन गृह प्रशासनलाई सिफारिस गरेको छ ।

सीसीएमसीले आइतबार विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण तीव्र रूपमा फैलिरहेको भन्दै त्यसको रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन विभिन्न निकायलाई सिफारिस गरेको हो ।

कोरोना संक्रमण रोकथामका लागि सीसीएमसीले १३ बुँदामा विभिन्न निकायलाई गरेको सिफारिसमा सार्वजनिक स्थलमा कुनै पनि प्रकारका भेला नगर्न आह्वान गरेको छ ।

Peoples in group not allowed

सीसीएमसीसीको सिफारिसमा भनिएको छ–‘सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक या धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिका कार्यक्रम नगर्न आह्वान गर्ने ।’

सिफारिसमा अगाडी भनिएको छ–‘नगरी नहुने नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने । अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी हुने गरी भेला, मेला तथा महोत्सवहरू आयोजना नगर्न÷नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालयमार्फत लेखी पठाउन सिफारिस गर्ने ।’

त्यस्तै, सार्वजनिक स्थानहरू कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य कोरोना विरुद्धको खोप लगाएको कार्ड वा कार्डको फोटो साथमा राख्न आह्वान गरिएको छ । खोप कार्ड हेरेरमात्र सार्वजनिक स्थलहरूमा प्रवेशको व्यवस्था गर्न सम्बन्धित निकायलाई सिफारिस गरिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्