सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा एक नेपालीको मृत्यु, हत्याको आशंका

जापानको फुकुओकामा साथीहरुसंगै बस्दै आएका सुजन बर्सिला नाम गरेका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । प्रहरीका अनुसार घटनाको प्रकृति तथा मृतक र आरोपित व्यक्तिहरुमाथीको प्रारम्भिक अनुसन्धान अनुसार मृतक बर्सिलाको हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

जापानी भाषा विद्यार्थीका रुपमा अध्ययनरत अन्दाजी २२ बर्षिया मृतक सुजन बर्सीलाको नेपाल घर गोरखा भएको खुल्न आएको छ । घटना यही जनवरी ७ तारिख शुक्रवार राति भएको हो । मृतक बर्सिलाको उनीसंगै बस्दै आएका ढकाल र मगर दुईजना साथीले हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । यद्यपी अहिलेसम्म उनीहरुले नै हत्या गरेको भन्ने पुष्टि भने भईसकेको छैन ।

मृतक बर्सिलाको हत्या आरोपमा पक्राउ परेका दुई जनामध्ये एक मृतकसंगै भाषा अध्ययन गर्ने सहपाठी हुन भने अर्का सोही भाषा विद्यालयका पुर्व विद्यार्थी हुन । जानकारीमा आए अनुसार आरोपितमध्येका ति पुर्व विद्यार्थी हाल भिसा नपाएपछी नेपाल फर्कने तयारीमा रहेको बुझिएको छ ।

Fight
सांकेतिक तस्विर

प्राप्त सुचना अनुसार मृतक बर्सिला र आरोपित ढकाल र मगरबिच अघिल्लो दिन विवाद भएको थियो । सोही विवादका कारण शुक्रबार राति संगै बसेर मादक पदार्थ सहित खानपिन गरेका तीनजनाबिच विवाद थप बढ्न पुग्दा बर्सिलाको हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

घटनाक्रम अनुसार ओरापितहरुले घटनापस्चात एम्बुलेन्स बोलाएको पाइएको छ । तर एम्बुलेन्स पुग्दा बर्सिलाको निधन भइसकेको पाईएपछी एम्बुलेन्समा रहेका स्वास्थ्यकर्मीको टोलिले प्रहरी बोलाएर घटना प्रहरीलाई सुम्पिएको थियो । मृतक बर्सिलाको मुखबाट रगत बगेको र घाउचोट लागेकोले मृत्यु असामान्य पाइएपछी एम्बुलेन्समा रहेका कर्मचारीले प्रहरीलाई बोलाएका थिए ।

घटनास्थलको अवस्था, ढिलोगरी एम्बुलेन्सलाई खवर गर्नु र अभियुक्तले प्रहरीलाई दिएको जानकारी एकआपसमा बाझिने र शंकास्पद लागेपछी प्रहरीले मृतक बर्सिलासंगै बस्ने दुई आरोपित ढकाल र मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ ।

मृतक बर्सिला ३ बर्षअघि विद्यार्थी भिषामा फुकुओका आएका थिए । मृतकको शव हाल पोष्टमार्टमका लागी प्रहरी नियन्त्रणमा राखिएको छ । पोष्टमार्टमको रिपोर्ट आएपछी मात्रै घटनाको सत्यतथ्य खुल्ने बताइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्